‘आन्दोलनका लागि विदेशी रकम लिएका छौं’

काठमाडौ, ९ जेठ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले आन्दोलनका लागि आफूहरुले वार्षिक १२ करोड विदेशी सहयोग लिने गरेको स्वीकारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले सो कुरा स्वीकारेका हुन । उनले विदेशीहरुसँग आफूहरुले मात्र नभई ठूला दलका नेताहरुले पनि रकम लिएको दाबी गरे ।
अध्यक्ष लेखीले विदेशी सहयोगमा जातीय द्वन्द्व फैलाएको भन्ने आरोपको खण्डन गरेका छन् ।
‘आरजु देउवा, प्रदीप नेपाल, उर्मिला अर्याल, सुवोध प्याकुरेलले वर्षमा अरवौ रुपियाँ विदेशी सहयोग ल्याउछन्,’ उनले भने, ‘त्यसको हिसाव कसैले खोज्दैनन, हामीले ल्याएको १२ करोडलाई लिएर आलोचना गर्छ ।’
आदिवासी जनजातिको बन्द हडतालले जातीय द्वन्द्व बढेर मुलुक जल्न लागेको भन्ने आरोपको पनि अध्यक्ष लेखीले खण्ड गरेका छन् ।

प्रतिक्रिया