अशोक राईद्वारा पार्टी छाड्ने चेतावनी

काठमाडौं, ९ जेठ । एमाले उपाध्यक्ष अशोक राईले पार्टीले आदिवासी र जनजातिका माग सम्बोधन गर्ने तर्फ उदाशिनता देखाएको आरोप लगाउदै पार्टी परित्याग गर्ने सम्मको चेतावनी दिएका छन् ।
एमाले स्थायी समितिको आज राजधानीमा बसेको बैठकमा राईले पार्टीले आदिवासी जनजातिका मागलाई सम्बोधन गर्नुपर्ने माग राखेका हुन् । उनले एकल जातीय पहिचान सहितको संघीय राज्य हुनुपर्ने माग नेतृत्व समक्ष गरेको स्रोतको भनाई छ ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै वरिष्ठ नेता माधवकुमार नेपालले आदिवासी जनजातिहरुको आन्दोलन र त्यस क्रममा सञ्चार माध्यम माथि भएको आक्रमणको भत्र्सना गरेको बताए । उनले राज्य पुनर्संरचनामा पार्टीले लिएको नीतिलाई जोडदार रुपमा अवलम्बन गर्ने सहमति गरेको बताए ।

प्रतिक्रिया