प्रधानमन्त्री र एमाओवादी अध्यक्षवीच भेट

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालवीच आज भेटबार्ता भएको छ ।
दाहाल निवासमा लाजिम्पाटमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ संविधान लगायतमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नयाँ संविधान जारी गर्ने समय ६ दिन मात्रै बाँकी रहेका समयमा विभिन्न जातीय संघ संगठनहरुले आन्दोलन चर्काएका विषयमा समेत उनीहरुका वीच छलफल भएको थियो ।
राज्य पुनर्संरचनामा एकल जातीय पहिचानमा जानुपर्ने निष्कषर्कमा रहेको एमाओवादीको प्रस्तावलाई कांग्रेस र एमालेले विरोध जनाउदै आएका छन् ।

प्रतिक्रिया