संविधानमा सहमति जुटाउन राष्ट्रपतिको आग्रह

काठमाडौं, ८ जेठ । राष्ट्रपति रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुलाई नयाँ संविधान समयमा जारी गर्ने विषयमा सक्रिय हुन सुझाव दिएका छन् ।
संविधान जारी गर्ने समय जम्मा सात दिन मात्रै बाँकी रहदा राष्ट्रपतिले प्रमुख दलहरुका शीर्ष नेताहरुलाई संविधानमा गम्भीर बन्न आग्रह गरेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान प्रमुख दलका शीर्ष नेताहरुसँग भएको भेटमा यादवले सहमतिमा तोकिएको समयमा नयाँ संविधान जारी गर्नका लागि आग्रह गरेको नेताहरुले बताएका छन् । सवै समूहका माग समेटिने गरेर विवादित विषयमा छिटो निकास खोज्न पनि यादवको आग्रह थियो ।
जवाफमा नेताहरुले तोकिएकै समयमा संविधान जारी हुने भन्दै नयाँ संविधानका विषयमा आशंका नगर्न आग्रह गरेका थिए । उनीहरुले दलहरुका वीच छलफल जारी रहेको भन्दै निकास आउने दाबी गरे ।
भेटका लागि एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका प्रमुख शीर्ष नेताहरु शीतल निवास पुगेका थिए ।

प्रतिक्रिया