कन्सुलरको अभिव्यक्तिप्रति एमाले आक्रोशित

काठमाडौं, ५ जेठ । सत्तारुढ एमालेले कुटनीतिक मर्यादाविपरित अभिव्यक्ति दिने वीरगञ्जस्थित भारतीय महाबाणिज्यदूतावासका राजनीतिक कन्सुलर एस.डी. मेहतालाई फिर्ता पठाउन सरकारसंग माग गरेको छ ।
एमाले केन्द्रीय समितिको आज राजधानीमा बसेको आकस्मिक बैठकले मेहतलाई फिर्ता पठाउन पहल गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको एमालेले जनाएको छ । मेहताका अभिव्यक्ति उत्तेजक र नेपाललाई द्वन्द्वतिर धकेल्ने खालको रहेको आरोप एमाले बैठक पछि जारी विज्ञप्तीमा उल्लेख छ ।
‘भारतीय कुटनीतिज्ञहरुले नेपालको आन्तरिक र राजनीतिक मामिलामा अनावश्यक र हस्तक्षेपकारी रुची देखाउने गरेका छन्’, विज्ञप्तीमा भनिएको छ, ‘यस्ता गतिविधिप्रति भारत सरकार समक्ष आपत्ति जनाउ छौं ।’
उता, भारतीय कन्सुलर मेहताको अभिब्यक्तिको बिरोधमा एमालेका भातृसंगठनहरुले आजै भारतीय राजदूतावासमा ज्ञापन पत्र बुझाई अपत्ति जनाएका छन् ।

प्रतिक्रिया