एमाओवादी र मधेसी मोर्चा बार्ता

काठमाडौं, ४ जेठ । राज्य पुनर्संरचनालाई लिएर असन्तुष्ट मधेसी मोर्चाले सरकार छाड्ने धम्कि दिएको दोस्रो दिन एमाओवादी मोर्चाको प्रमुख नेताहरुको बार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बार्तामा सरकारको कामकारबाहीका साथै एघार प्रदेशको सहमतिलगायतमा छलफल भएको एक नेताले जनाएका छन् ।
मधेसी मोर्चाले बार्तामा एक मधेस प्रदेशको माग अघि सारेको छ । उसले तराईलाई टुक्राएर बनाईने संघीयतालाई नमान्ने जनाएको छ । उसले एक मधेस प्रदेशको माग पुरा नभए सरकार छाड्ने चतावनी यस अघिनै दिईसकेको छ ।
बार्तामा एमाओवादीले राज्य पुनर्संरचनामा भएको सहमतिलाई सहयोग गर्न र सरकार नछाड्न आग्रह गरेको छ ।
बार्तामा प्रधानमन्त्री बावुराम भट्टराईका साथै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल मधेसी मोर्चाबाट विजय गच्छेदार, महन्थ ठाकुर, राजकिशोर यादव, महेन्द्र यादव र राजेन्द्र महतोको सहभागिता रहेको थियो ।

प्रतिक्रिया