सरकार र क्षेत्री, व्राम्हण समाजको वार्ता निष्कर्ष विहिन

काठमाडौं, २९ वैशाख । एकीकृत माओवादीले जातीय राज्यका पक्षमा आफ्नो अडान यथावत राखेपछि प्रमुख दल सहित सरकार र संयुक्त संघर्ष समितिवीच आज भएको बार्ता निष्कर्ष विहिन भएको छ ।
बार्ता निष्कर्ष विहिन भएपछि समितिले आफ्नो आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । दुई दिनसम्म नेपाल बन्द गरेको संघर्ष समितिका सदस्यहरुसँग सरकारले बार्ता गरेको थियो ।
बार्तामा संघर्ष समितिका सदस्यले प्रमुख दलका नेताहरुलाई पनि बोलाउन भनेपछि एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसबाट उपसभापति रामचन्द्र पौडेल र एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाललाई सहभागी गराईएको थियो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय राज्यका पक्षमा अडान राखेपछि समितिका सदस्यहरु आक्रोशित हुँदै बार्ता स्थलबाट बाहिरिएका थिए ।
समितिले जातीय राज्य नबनाउन गरेको प्रस्तावलाई एमाओवादीले अस्वीकार गरेको समितिका सदस्यहरुले बताएका छन् ।
बार्तामा सरकारी बार्ता टोली संयोजक तथा उपप्रधानमन्त्री कृष्ण सिटौला सहितका सदस्य तथा दलहरुका तर्फबाट एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुको सहभागिता थियो ।
संयुक्त संघर्ष समितिबाट भने व्राम्हण समाज, क्षेत्री समाज, दलित समाज, दशनामी समाज, पिछडा बर्ग लगायतका प्रतिनिधिहरुको उपस्थिती थियो ।

प्रतिक्रिया