‘सहमति खोज्न उपसमितिलाई नै जिम्मा’

काठमाडौं, २९ वैशाख । संविधानका विवादित विषयमा सहमति खोज्न संवैधानिक समितिले विवाद समाधान उपसमितिलाई पुनः जिम्मेवारी दिएको छ ।
विवादित विषयका प्रश्नावली बनाउने जिम्मेवारी पाएको समितिको सचिवालयले समयमा सो काम पुरा गर्न नसेपछि विवाद अन्त्य गर्ने जिम्मा पुनः उपसमितिलाई दिईएको हो । बैठक पछि जारी विज्ञप्ती अनुसार राज्य पुनर्संरचना, शासकीय स्वरुप लगायतका विवादित विषयमा भोली शनिवारसम्म सहमतिका लागि प्रयास गर्ने निर्णय गरेको उल्लेख छ ।
संविधानसभामा लैजान विवादित १ सय १७ विषयका प्रश्नावली बनाउने भनेपनि आन्तरिक विवाद भएपछि प्रश्नावली समेत तयार हुन नसकेको हो ।
उता, संविधानसभा बैठक पनि सूचना टाँस गरेर स्थगित भएको छ । संवैधानिक समितिले विवादित विषयको प्रश्नावली तयार पार्न नसकेपछि संविधानसभा बैठक पुनः सूचना टाँस गरेर स्थगित भएको संविधानसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया