प्रश्नावली बनाउन कार्यदल

काठमाडौं, २८ वैशाख । संवैधानिक समितिले संविधानका विवादित विषयहरूको प्रश्नावली बनाउन कार्यदल बनाउने निर्णय गरेको छ । कार्यदलमा रहने सदस्य सभपाति नीलाम्वर आचार्यले तोक्ने छन् ।
समितिको आजै दोस्रो पटक सिंहदरबारमा बसेको बैठकले कार्यदलले आन्तरिक गृहकार्य गरेर नयाँ संविधानका विवादित विषयमा प्रश्नावली तयार पारेर शुक्रबार बस्ने संवैधानिक समितिमा पेश गर्ने समिति सदस्य बद्री न्यौपानेले जानकारी दिए । उनले भने, ‘कायदलले विवादित विषयमा प्रश्नावली बनाएर शुक्रवार बस्ने बैठकमा पेश गर्ने म्याण्डट दिएका छौं ।’
यस अघि बिहान बसेको बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मतदानको प्रक्रियामा कसरी जाने भत्रे बारे छलफल भएको जानकारी दिए । उनले सचिवालयले प्रश्नावली तयार पार्ने र समितिका सदस्यहरूलाई वितरण गर्ने बताए ।
समितिमा १ सय १७ वटा विषयमा विवाद रहेको प्रतिवेदन प्रस्तुत भएकामा कतिपय विषयममा सहमति भइसके पनि समिति सदस्यलाई औपचारिक रूपमा जानकारी छैन । अर्को बैठक शुक्रबार ११ बजे बस्ने छ ।

प्रतिक्रिया