बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, २७ वैशाख । एकीकृत माओवादीको केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
पार्टी मुख्यालय कोटेश्वर बस्ने भनिएको केन्द्रीय समिति बैठक शीर्ष नेताहरुको व्यस्तताका कारण स्थगित भएको एमाओवादीले जनाएको छ । बैठक स्थगित हुन पूर्व तयार पनि नपुगेको नेताहरुको भनाई छ ।
स्रोतका अनुसार बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षले बहिष्कार गर्ने पुनः चेतावनी दिएपछि स्थगित गरिएको हो । अघिल्लो पटक पनि बैद्य पक्षले बहिष्कार गर्ने जनाएपछि स्थगित भएको थियो ।
सरकारमा सहभागिता, संविधानका विवादित विषय अन्तर्गत राज्य पुनर्संरचना र शासकीय स्वरुप, पार्टीको आन्तरिक विवाद लगायतमा छलफल हुने कार्यक्रम थियो ।  बैठक अर्को सूचना नभए सम्मका लागि स्थगित भएको छ ।

प्रतिक्रिया