विवाद अन्त्य पछि सरकारमा सहभागिता

काठमाडौं, २६ वैशाख । संविधानका विवादित विषयमा सहमति भएलगत्तै सरकारमा सहभागी हुने आश्वासन एमाले दिएको छ ।
एमाओवादी र एमालेवीच बल्खुमा आज भएको छलफलका क्रममा संविधानका विवादित विषयमा पहिला सहमति जुटाउने निष्कर्षमा पुगेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिए । उनले भने, ‘संविधानका विवादित विषयमा टुङगो लाग्ने वित्तिकै सरकारमा सहभागी हुने कुरापनि टुङगिन्छ ।’
एमालेले पहिला संविधानका विवादित विषय राज्य पुनर्संरचना र शासकीय स्वरुपमा सहमति खोज्न आग्रह गर्दै सहमति भएपछि आफूहरु सरकारमा सहभागी हुने आश्वासन दिएको हो । अध्यक्ष दाहालले सहमतिको नजिक/नजिक पुगेको भन्दै पुनः छलफल गरेर छिट्टै निकास खोजिने बताए ।
एमालेले पाँच बुँदे सहमति उलंघन गरेर सरकारमा सहभागी नभएको भन्दै आलोचना भईरहेका समयमा दलहरुवीच विवादित विषयमा पहिला निकास खोज्ने सहमति भएको छ ।

प्रतिक्रिया