स्थानीयले कुटे बन्दकारी/जनकपुरमा प्रतिकार

जनकपुर, २६ वैशाख । विगत ९ दिनदेखिको बन्दका कारण आजित भएका जनकपुरका स्थानीयले बन्दको प्रतिकार गर्दै बन्दकारीलाई आज कुटपिट गरेका छन् ।
जनजीवन प्रभावित हुनेगरी बन्द/हड्ताल गर्ने क्रममा यातायात बन्द गराउदै हिडेका मिथिला राज्य संघर्ष समितिका आन्दोलनकारीलाई जनकपुरस्थित बसपार्कमा सर्वसाधारणले कुटपिट गरेर लखेटेका हुन् ।
स्थानीयको प्रतिरोध हुन लागेपछि जनकपुरमा बन्द आयोजकलाई धक्का पुगेको छ । स्थानीयले बन्द फिर्ता नलिए थप प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।
ज्यान जाने गरी बम विस्फोट लगत्तै जनजीवन प्रभावित हुनेगरी बन्द हड्ताल गरिरहेको समितिका समर्थकले जनकपुरबाट चल्ने यातायात बन्द गराउने खोजेका थिए ।
बन्द समर्थकले ना २ ख ४०४० नम्बरको बसमा तोडफोड गरेपछि आक्रोसित स्थानीयले आन्दोलनकारीलाई कुटपिट गरेका हुन् ।
मिथिला राज्यको माग गर्दै समितिले जनकपुरमा अनिश्चितकालिन बन्दको आह्वान गरेको छ ।
जनकपुर बजार खोल्न आह्वान गर्दै स्थानीय व्यापारीहरुले जनकपुर उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

प्रतिक्रिया