‘राष्ट्रसंघ बिरुद्ध क्षेत्र–व्राम्हण समाज’

काभ्रे, २६ वैशाख । क्षत्री तथा व्राम्हण समाजले अन्तरिम संविधानमा आफूहरुलाई अन्यको सूचीमा राखेर प्रमुख दलहरुले अन्याय गरेको दाबी गरेका छन् ।

काभ्रेको बनेपामा आज पत्रकार सम्मेलन गरेर व्रम्हाण क्षेत्रीहरुले आफूहरुलाई पनि जनजातिको सूचीमा राख्न माग गरेका छन् । उनीहरुले सरकारले माग पुरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले आफूलाई अन्तरिम संविधानमा ‘अन्य’ को सूचीमा राखेर अपमान गरेको भन्दै सो शब्द हटाउन माग समेत गरेका छन् ।

आइएलओ १ सय ६९ कार्यान्वयन गर्ने भन्दै संयुक्त राष्ट्रसंघले नेपालमा जात÷जातिवीच विभाजन ल्याउने गरी संघीयताका पक्षमा उचालेको भन्दै राष्ट्रसंघको बिरोध समेत गरेका छन् । उनीहरुले जातीय पहिचानका नाममा मुलुक टुक्राउन खोजेको आरोप समेत राष्ट्रसंघलाई लगाएका छन् ।

पटक–पटक सरकारले क्षत्री र व्रम्हाणहरुको माग सुनुवाइ गर्ने आश्वान दिएपनि पुरा नगरेको भन्दै उनीहरुले अखण्ड नेपालका पक्षमा आन्दोलन गर्ने जनाएका छन् ।

उनीहरुले माग पुरा गराउन दबाव दिनका लागि केही संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् । कार्यक्रम अन्तर्गत जातीय संघीयतालाई मान्यता दिने संयुक्त राष्ट्रसंघका सवारी साधन चल्न नदिने लगायतका रहेका छन् ।
क्षत्री समाज काभ्रेका अध्यक्ष सुरथबहादुर थापाले ब्रम्हाण क्षेत्रीहरुको मागलाई वेवास्ता गरे जेठ–१४ अघि नै सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया