पोखरा, २४ वैशाख । कास्की जिल्लामा आज भएको जीप दुर्घटनामा ११ यात्रुको मृत्यु भएको छ ।
धितालबाट हेम्जाको मिलन चोकतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको जीप धिताल भेडाबारि भन्ने स्थानमा दुर्घटना हुँदा ११ यात्रुको उपचारका क्रममा मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा तीन यात्रु घाईते भएका छन् ।
मृत्यु हुनेहरुमा जंगबहादुर विक, असर्फी विक, मीनबहादुर विक, टेकबहादुर विक, वलराम गौतम, बखतबहादुर क्षेत्री र मीठु अधिकारी रहेका छन् ।
चालक विकास क्षेत्री, जुना गुरुङ लगायत रहेका छन् । दुई जनाको नाम खुलेको छैन ।
घाईते ईच्छाबहादुर गुरुङ, सरस्वती अधिकारी र एक अचेत व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । मृत्यु भएका सबै कास्की जिल्ला निवासी हुन् ।
दुर्घटना लगत्तै घाईतेलाई स्थानियबासीले उद्धार गरी उपचारका लागि पोखरा ल्याएका थिए । घाईतेको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
अगाडीबाट आउँदै गरेको अर्को गाडीलाई ब्याक गरी साईड दिने क्रममा ब्रेक फेल भएर जीप सडकबाट करिब ४ सय मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
प्रतिक्रिया