द्वन्द्व पीडितलाई घर फर्काउने पहल सुरु

काठमाडौ, २३ वैशाख । द्वन्द्व पीडित राष्ट्रिय समाजले माओवादी सशस्त्र द्वन्द्वमा परी विस्थापित भएकाहरुलाई एक वर्षभित्र घर फर्काउन अभियान सुरु गर्ने भएको छ ।
राष्ट्रिय समाजको आज राजधानीमा सम्पन्न पहिलो वार्षिक साधारण सभाले द्वन्द्वको मारमा परेकाहरुको पहिचाहन गरी उनीहरुलाई घर फर्कने उचित वातावरण बनाउने निष्कर्ष निकालेको छ । समाजले एक वर्षभित्रमा सबै जिल्लामा समाजको शाखा गठन गर्ने निर्णय पनि गरेको छ ।
सरकार र राजनीतिक दलहरुले सशस्त्र द्वन्द्वका कारण विस्थापित भएका, घाइते अपाङ्गहरुको विषयमा कुनै चासो नदिएको पनि आरोप लगाएको छ । समाजले पीडितहरुलाई राहत उपलब्ध गराउन र स–सम्मान घर फर्कने वातावरण निर्माणका लागि सरकार र राजनीतिक दलहरुलाई दवाव दिने पनि निर्णय गरेको छ ।
समाजको साधारण सभाले सभासद कुलबहादुर गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । आगामी तीन वर्षका लागि चयन गरिएको समाजको महासचिवमा विनयध्वज चन्द, सचिवमा ज्ञानेन्द्र आरान, कोषाध्यक्षमा कमला राई रहेका छन् ।
त्यस्तै सदस्यहरुमा विष्णुदत्त जोसी, नारायण गौतम, लेगबहादुर खत्री, होमनाथ दवाडी, मुक्तिप्रसाद आर्चाय, चिरञ्जीवीवास गिरी रहेका छन् । लोकश ढकाल र माधवप्रसाद उपाध्यायलाई सल्लाहकार सदस्यमा चयन गरेको महासचिव चन्दद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सौर्य

प्रतिक्रिया