कांग्रेस केन्द्रीय समिति बहिष्कार

काठमाडौं, २३ वैशाख । भातृसंगठन प्रकरणलाई लिएर कांग्रेस नेता शेरबहादुर देउवा समूहले केन्द्रीय समिति बहिष्कार गरेपछि बैठक प्रभावित भएको छ ।
सरकारमा सहभागी हुने मन्त्रीको नामका विषयमा छलफल गर्न सभापति सुशील कोइरालाले केन्द्रीय समितिको बैठक आफ्नै निवास महाराजगञ्जमा डाकेका थिए ।
यद्यपि देउवा समूहले बहिस्कार गर्ने जनाएपछि बैठक बस्न नसकेको नेताहरुले बताएका छन् । देउवाले भातृसंगठनहरु लाई पूर्णता दिने क्रममा सभापति कोइरालाले एकलौटी गरेको भन्दै बिरोध गर्दै आएको छ ।
केन्द्रीय समिति बैठक बस्न नसकेपछि सभपाति कोइराला केही केन्द्रीय सदस्य लिएर रसुवामा पार्टीको कार्यक्रममा सहभागी हुन त्यस तर्फ गएका छन् ।
सरकारमा सहभागी हुने मन्त्रीलाई लिएर कांग्रेसमा बिवाद छ । देउवा समूह विमलेन्द्र निधि वा गोपालमान श्रेष्ठको नेतृत्वमा पठाउने पक्षमा छ भने सभपाति कोइलाला महामन्त्री कृष्णप्रसाद सिटौलालाई पठाउने मनस्थितिमा छन् ।
उता, संसदीय दलका नेता रामचन्द्र पौडेल भने महामन्त्री प्रकाशमान सिंहलाई पठाउका लागि सभापतिलाई दबाव दिदै आएको नेताहरुको भनाई छ ।

प्रतिक्रिया