संविधान लोकतान्त्रिक नै बन्छः कोइराला

काठमाडौं, २३ वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले अब बन्ने संबिधान लोकतान्त्रिक हुने ठोकुवा गरेका छन् ।
रसुवाको कालिकास्थानमा आज आयोजित आमसभामा कोइरालाले राज्य पुनर्संरचनामा कांगे्रस जातीय बिभाजनको पक्षमा नरहेको स्पष्ट पारे । कोइरालाले हालै भएको मधेसी मोर्चा सहित तीन दलको सहमतिमा लोकतन्त्रको बिजय भएको दावी गरेका छन् ।
उनले देशभर शान्ति र लोकतन्त्रको पक्षमा जनता उर्लेको बताए ।
कांग्रेसले निर्धारित समयमा नै लोकतान्त्रिक संबिधान निमार्णमा सबै शक्ति खर्च गर्ने प्रतिवद्धता समेत जनाए ।
केन्द्रीय सदस्य अजुर्ननरसिह केसी र रामशरण महतलगायत नेतासहित हेलिकप्टरमा रसुवा पुगेका सभापति कोइरालालले बिभिन्न पार्टी परित्याग गरेका एक सय बढी कार्यकर्तालाई कांग्रेसमा प्रबेश गराएका थिए । दलहरुका वीच नयाँ संविधानका बिवादित विषयमा छलफल चलिरहेका समयमा कोइराला भने रसुवा लागेका हुन् ।
नेता अर्जुननरसिंह केसीले सरकारमा जाने बिषयमा पार्टी सामान्य बिवाद भएपनि छलफलबाट टुङगो लगाउने बताए । उनले कांग्रेसले लोकतन्त्रको सवालमा कसैसंग सम्झौता नगरेको र अब एमाओवादीसंग पनि संझौता नगर्ने उल्लेख गरे ।
नेता रामशरण महतले राष्ट्रिय एकता मजबुद बनाउन र जातीय सद्भाव कायम राख्न कांग्रेस जातीय संघीयताको बिपक्षमा रहेको बताए ।

प्रतिक्रिया