नयाँ चार शहीद थपिए

काठमाडौं, २१ वैशाख । अलग मिथिला राज्यको माग सहित जनकपुरमा धर्ना बसेका समयमा बम विष्फोटमा परेर मृत्यु भएका चार जनालाई सरकारले शहीद घोषणा गरेको छ ।
मन्त्रिपरिषदको आज सिंहदरबारमा बसेको बैठकले जनकपुर बजारको रामानन्द चोकमा बम विष्फोटमा परेर मृत्यु भएका चार जनालाई शहीद बनाउने निर्णय गरेको अर्थमन्त्री बर्षमान पुनले जानकारी दिए । शहीद घोषणासँग आश्रित परिवारले क्षतिपूर्ति वापत दस लाख रुपियाँ पनि पाउने छन् ।
अज्ञात समुहले राखेको बम विफोटबाट स्थानीय विमलशरण दास, झगरु दास, रञ्जुदेवी झा र शुरेस उपाध्यायको मृत्यु भएको थियो ।
त्यसै गरेर बम विष्फोटमा परेर घाईते सबैको सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको मन्त्री पुनले बताए । अलग मिथिला राज्यको माग गर्दै धर्ना बस्ने क्रममा भएको बम विष्फोटनामा २८ जना घाईते भएका थिए ।

प्रतिक्रिया