सरकार कसैले ढाल्न सक्दैनः महतो

काठमाडौं २० वैशाख । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान जारी भए पछि कांग्रेसको नेतृत्वमा चुनावी सरकार बन्ने बताएका छन् । उनले तत्काल भने वर्तमान सरकार नढल्ने बताए ।
राजधानीमा आज आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री समेत रहेका महतोले अहिलेको अवस्थामा कुनै पनि शक्तिले बर्तमान सरकार ढाल्न नसक्ने बताए । ‘सरकार परिवर्तनको कुरा बेमौसमको बाजा हो, कांग्रेस÷एमाले यही सरकारमा समावेश भएर संविधान जारी गरौं ।’
राजधानीमा आज आयोजित कार्यक्रममा मन्त्री महतोले कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउन मधेसी मोर्चाले सहयोग गर्ने बताए ।
यसैवीच, अध्यक्ष महतोले पार्टीको पाँचौं महाधिवेशन आगामी वैशाख २२, २३ र २४ गते जनकपुरमा गर्ने जनाएका छन् ।

प्रतिक्रिया