जातीय राज्यको विरोधमा प्रदर्शन

पोखरा, २० वैशाख । बिभिन्न जातीय संगठनहरुले जातीय राज्यको माग गरिरहेका समयमा पोखरामा आज त्यसको बिपक्षमा मोटरसाईकल र्‍याली प्रदर्शन भएको छ ।

जातीय राज्य विरुद्धको संयुक्त मोर्चाले मोटरसाईकल र्‍याली निकालेर जातीय राज्यको बिरोध जनाएको हो । र्‍यालीमा सैयौंको उपस्थित रहेको थियो ।

वैशाख–२१ गते बिहीबार पोखरामा हुने पैदल र्‍याली सहित विशाल आम सभाको पूर्व तयारीमा मोटरसाईकल र्‍याली निल्कालिएको जिल्ला संघर्ष समितिले जनाएको छ ।

पोखरा रंगशालाबाट सुरु भएको मोटरसाईकल र्‍याली पृथ्वीचोक, विरौटा, राष्ट्र बैंक चोक, लेकसाईड, जिरोकिलोमिटर, सुजनाचोक, न्युरोड, चिप्लेढुंगा, सिद्धार्थचोक हुँदै खुदिबाट पुनः पोखरा रंगशालामा आएर समापन भएको थियो ।

क्षेत्री समाज कास्कीका अध्यक्ष पदमबहादुर कार्कीको संयोजकत्वमा गठीत समितिका तर्फबाट संयोजक कार्कीले जातीय राज्य हुन नदिनका लागि बिभिन्न स्थान र समुहबाट दवाव जरुरी रहेको बताए ।

जातीय राज्य विरुद्धको समितिले बिहीबार पोखरामा आम सभाको कार्यक्रम समेत राखेको छ ।

वैशाख–२१ गते बिहीबार पोखरामा बृहत र्‍याली, आमसभा र संविधान सभा अगाडी धर्ना, २२ गते पत्रकारहरुसँग अन्तरक्रिया र चितवनमा मोटरसाईकल र्‍याली, २३ गतेदेखि २६ गतेसम्म चितवन, दाङ्ग, सुर्खेत, बुटवल र झापामा आमसभा, २७ गते साँझ देशभर राँके जुलुस प्रदर्शन गरिने र माग पुरा नभए २८ र २९ गते नेपाल बन्दको कार्यक्रम रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया