‘अखण्ड आन्दोलन र एक मधेस प्रदेशको बिरोध’

काठमाडौं, २० वैशाख । थारु संयुक्त संघर्ष समितिले एकीकृत माओवादी अध्यक्ष पुष्पमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भेटगरेर एक मधेस प्रदेश र अखण्ड सुदूरपश्चिम आन्दोलनप्रति बिरोध जनाएका छन् ।
उनीहरुले अखण्ड सुदूरपश्चिम आन्दोलनको बहानामा थारु समुदायका मागलाई कुण्ठीत गर्न खोजिएको आरोप लगाएका छन् । उनीहरुले अखण्ड सुदूरपश्चिम आन्दोलनको बिरोध गर्दै औचित्य नहरेको बताएका छन् ।
उनीहरुले बिभिन्न मधेसवादी दलहरुले माग गरे जस्तो एक मधेस प्रदेशपनि बनाउन नहुने चेतावनी दिएको थारु राष्ट्रिय मुक्ति मोर्चाका महासचिव इन्द्रजित थारुले जानकारी दिए ।
उनले भने, ‘एक मधेस प्रदेश बनाएर थारु समुदायलाई ओझेलमा नपारियोस भनेर सबैलाई सचेत गराउन शीर्ष नेतृत्वलाई भेटगरेका छौं ।’
थारु समुदायका अगुवा नेता र सभासदले एमाओवादी अध्यक्ष पुष्पमल दाहाललाई लाजिम्पाट, कांग्रेस सभापति सभपाति सुशील कोइरालालाई महाराजगञ्ज र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सिंहदरबारमा अलग अलग भेटगरेका थिए ।
जवाफमा नेताहरुले थारु समुदायको मागप्रति सचेत रहेको भन्दै अहिलेको आन्दोलनहरुलाई सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

प्रतिक्रिया