प्रमुख विपक्षी दलद्वारा अधेवशनको माग

काठमाडौं, २० वैशाख । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदको अधिवेशन बोलाउन माग गरेको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदको अधिवेशन बोलाउने निर्णय गरेको दलका प्रवक्ता नविन्द्रराज जोशीले जानकारी दिए । उनले भने, ‘मुलुकका समग्र विषयमा छलफल गर्न संसद आवश्यक परेकाले सदन आह्वानका लागि सरकारसँग माग गर्ने निर्णय भएको छ ।’
कांग्रेसले सदन आह्वानका लागि माग गरेपनि सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बारेमा भने कुनै निर्णय गरेको छैन । अविश्वासको प्रस्तावमा छलफल भएपनि तत्काल निर्णय नभएको प्रवक्ता जोशीले बताए । संसद अधिवेशन हाल स्थगित भएको छ ।
अविश्वासको प्रस्तवका विषयमा बैठकले अन्य दलहरुसँगको छलफलका लागि प्रमुख नेताहरुलाई जिम्मेवारी दिएको छ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने यस अघि निर्णय गरिसकेको छ ।

प्रतिक्रिया