आयोजक नवजीवनको विजयी सुरुआत

काठमाडौं : आयोजक नवजीवन एकेडेमीले दोस्रो एनइए अन्तरस्कुल बास्केटबल प्रतियोगितामा छात्रतर्फ विजयी सुरुआत गरेको छ । मंगलबार भएको खेलमा नवजीवनले भद्रकालीलाई १८–९ स्कोरले पराजित गर्‍यो जसमा आयोजकका मिलन खड्काले ८ अंकको योगदान दिएका थिए ।
‘विद्यालयलाई खेलकुदको मेरुदण्ड बनाऔं’ भन्ने उद्देश्यका साथ सञ्चालन भएको प्रतियोगिताको छात्रतर्फ ग्रिनल्यान्ड, सिद्धार्थ वनस्थली, काठमाडांै भ्याली र फरवार्ड एकेडेमीले पनि विजयी सुरुआत गरेका छन् । मिलन पुनको महत्त्वपूर्ण १३ अंकको मद्दतले ग्रिनल्यान्डले एन्जलहार्टमाथि २३–२२ को रोमाञ्चक जित हात पार्‍यो । अर्को खेलमा सिद्धार्थ वनस्थलीले भ्याली पब्लिकलाई ३९–३७ ले निराश पार्‍यो । काठमाडौं भ्यालीले लक्ष्मीपुर टोखालाई ४८–१७ को विशालअन्तरले हरायो भने फरवार्ड एकेडेमीले इनोभटिपलाई ३१–२८ को कठिन जित हात पार्‍यो । सिद्धार्थ वनस्थलीका नारायण खड्काले १९, काठमाडां भ्यालीका कुलबहादुर गुरुङले १५ र फरवार्ड एकेडेमीका न्युटन थापाले ११ अंकको योगदान दिएका थिए ।
सामाखुसीस्थित आयोजकको कोर्ट सञ्चालन भएको छात्रातर्फको खेलमा एन्जलहार्टले भद्रकालीलाई २५–१५ तथा एचएचसिएले सिद्धार्थ वनस्थलीलाई १४–५ ले पराजित गरे । एन्जलहार्टकी कमला पुनले १४ र एचएचसिएकी विपना सुवेदीले ७ अंक बटुले । नवजीवन एजुकेसन एकेडेमीद्वारा सञ्चालित प्रतियोगिताको उद्घाटन नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेण्डी शेर्पाले गरेका थिए ।

प्रतिक्रिया