नयाँ सरकार पछि मात्रै संविधानः खनाल

काठमाडौं, १९ वैशाख । एमाले अध्यक्ष झलनाथ खनालले नयाँ राष्ट्रिय सहमतिको सरकार नबनेसम्म संविधान जारी हुन नसक्ने बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा खनालले वर्तमान सरकार रहँदासम्म नयाँ संविधान बन्न सक्ने वातावरण नहुने बताए ।
संसदको ठूलो दल एमाओवादी संविधान निर्माणका विषयमा गम्भीर हुन नसकेको र उसले अझै पनि हिंसात्मक राजनीतिको बाटो पूर्णतः त्याग नगरेकाले राष्ट्रिय सहमतिमा बाधा उत्पन्न भएको उनको आरोप छ ।
अध्यक्ष खनालले सबै प्रकारका तानाशाहको विरोधी आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका मजदुर वर्गले निरन्तर आन्दोलन गर्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया