पहिचान र सामथ्र्यका आधारमा संघीयता

काठमाडौं, १९ वैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पहिचान र सामथ्र्यका आधारमा संघीयता तथा जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने अवस्था नआए बिद्रोह हुने बताएका छन् ।
एमाओवादी सम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले आज काठमाडौंमा आयोजना गरेको मजदुर दिवसका अवसरमा अध्यक्ष दाहालले जनताको पक्षमा संविधान बन्ने अवस्था नआए कुनै पनि शक्तिले बिद्रोहलाई रोक्न नसक्ने चेतावनी दिए ।
उनले भने, ‘जनताको परिवर्तनको चाहनालाई संस्थागत गर्न दिईएन भने नेपाली जनताले आफ्नो हातमा बागडोर लिएर अगाडी बढ्नेछ ।’
उनले संविधान लेखन टुङ्ग्याउने हो भने भोली बिहान सम्ममा बिबादित विषयहरुमा सहमति खोज्नुपर्ने उल्लेख गरे ।
आफ्नै पाटीर्को बिबादप्रति संकेत गर्दै दाहालले भने, ‘पार्टी टुटफुटबाट प्रकारान्तरमा प्रतिक्रियावादिहरुलाई फाईदा पुग्छ, अहिलेको आवश्यकता एकतानै हो ।’
पार्टी उपाध्यक्ष मोहन वैद्य समुहले गरेको छुट्टै सभाप्रति संकेत गर्दै दाहालले भने, ‘पार्टीभित्रको बैचारीक बहसलाई सडकमा छताछुल्ल नगरी बहसलाई स्वस्थ बनाउनुहोस, बसन्तपुरमा रहनुभएका साथीहरुलाई एकतामा आउन र हातेमालो गर्न आग्रह गर्छु । ’

प्रतिक्रिया