जलविद्युत कम्पनीको प्रबन्धपत्र शंसोधन

काठमाडौं, ३० चैत । २५ मेघावाटभन्दा माथिका जलविद्युत आयोजना निर्माणमा लगानी सहयोग गर्न सरकारले गठन गरेको जलविद्युत लगानी तथा विकास कम्पनीको बिहीबार विशेष साधारणसभा गरिएको छ ।
कम्पनीको विशेष साधारणसभाले प्रमुख कार्यकारी अधिकृत लगायतका कर्मचारी नियुक्ति र नीतिगत जटिलता अन्त्य गर्नका लागि विभिन्न २७ प्रबन्धपत्रको बु“दामा शंसोधन गरेको छ । नीतिगत जटिलताको कारण १८ कर्मचारी नियुक्ति गर्नुपर्ने कम्पनीमा एक जना कर्मचारी नियुक्त हुन सकेको छैन । कम्पनी व्यवस्थापन समूहका सदस्य चर्तुभुज ज्ञवालीका अनुसार, अब कम्पनीले आफ्ना कार्य अगाडी बढाउन शंसोधनपछि धेरै सहयोग पुगेको छ ।
कम्पनीका अध्यक्ष एवं उर्जा सचिव हरिराम कोइरालाले कम्पनीलाई जलविद्युत क्षेत्रमा लगानी गर्नका लागि सक्रिय गराउनका लागि धेरै गा“ठोहरु फुकेको बताए ।
२५ मेघावाटभन्दा माथिका आयोजना स्वदेशी लगानीमा निर्माण गर्नका लागि ऋण उपलब्ध गराउने लगायतका उद्देश्यसहित २०६८ साल असार २७ गते उक्त कम्पनी स्थापना गरिएको हो ।

प्रतिक्रिया