फाइनलमा प्राइम र पि्रमियर भिड्ने

काठमाडौं : साविक विजेता प्राइम स्पोर्टस क्लब र पि्रमियर कलेज ‘मोतीदेवी श्रेष्ठ स्मृतिकप’ दोस्रो नेकोस राष्ट्रव्यापी खुला महिला बास्केटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार हुने फाइनल भिडन्त तय गर्ने क्रममा बुधबार प्राइमले टिआइए क्लबलाई ५४-२४ ले र पि्रमियरले सुनसरीलाई ५२-२० ले हराएका हुन् । प्राइमको जितमा ज्ञानु गौचनले १४ अंक योगदान गरिन् । पहिलो क्वार्टरमा १२-९ को अग्रता लिएको प्राइमले दोस्रोमा १९-२ र तेस्रोमा १५-२ को अग्रता लियो । चौथो तथा अन्तिममा टिआइएले ११-८ को अग्रता लिए पनि जित हात पार्न सकेन ।
त्यस्तै पि्रमियरको सहज जितमा मृणालिनी श्रेष्ठले १५ स्कोर गरिन् । सुरुआतमा १७-१० ले अगाडि बढेको पि्रमियरले त्यो लयलाई अन्तिमसम्म जारी राख्यो । पि्रमियरले दोस्रोमा १७-३, तेस्रोमा १०-२ र चौथोमा ८-५ को प्रदर्शन गर्‍यो । –

प्रतिक्रिया