सेक्स व्यायामको विकल्प

स्वास्थ्यका दृष्टिले व्यायामका फाइदा प्रशस्तै छन् । तौल बढेर हैरानी खेपेकाहरूलाई प्रायः सबैले सुझाउने उपाय एउटै हो– व्यायाम । व्यायामले शरीरलाई स्फूर्त राखिरहन र शरीरको अनावश्यक बोसो पगाल्न मद्दत गर्छ । यसकै लागि मानिसहरू जिमखानामा जिम गरिरहेका हुन्छन् त बिहानबिहान दौडिरहेका हुन्छन् । तर, हालैको एक अनुसन्धानले दैनिक रूपमा गरिने द्विपक्षीय यौनक्रियाकलाप पनि व्यायामजत्तिकै प्रभावकारी हुने देखाएको छ । स्वस्थ यौनक्रियाकलापले शरीरको क्यालोरी कम गर्न सक्ने अध्ययनले देखाएको छ । दौडनु, जिम गर्नु पनि कहिलेकाही अल्छी लाग्दो हुन सक्छ । समय पनि नमिलिरहेको हुन सक्छ । यस्तो अवस्थामा राम्रो विकल्प ‘सेक्स’ नै भएको अध्ययनले निष्कर्ष निकालेको छ ।
सर्वेक्षणअनुसार ७६ प्रतिशत महिलाले कठिन किसिमका कसरतको सट्टा सेक्स एक्टिभिटिजबाटै आङ्खनो तौल घटाउन चाहेका छन् । जिमखानामा गएर गरिने कसरतबाट जत्तिकै फाइदा सेक्सबाट लिन सकिनेमा उनीहरूले सहमति जनाए । यसबाट मनोरञ्जनका साथमा शारीरिक फाइदा पनि लिन सकिने तथ्यले उनीहरू हौसिएका देखिए । ‘द अल्टिमेट सेक्स डाइट’ पुस्तकमा उल्लेख भएबमोजिम आधा घन्टाको स्वस्थ यौनक्रियाकलापमा एक सय ५० देखि तीन सय ५० सम्म क्यालोरी खर्च हुन्छ । अझ रोचक कुरा त एक घन्टासम्म चुम्बन मात्र गर्दा पनि दुई सय क्यालोरी खर्च हुने उल्लेख छ । यद्यपि, यौनसम्बन्ध सकारात्मक र प्राकृतिक हुनुपर्नेमा भने विज्ञहरूले जोड दिएका छन् ।

प्रतिक्रिया