रिजल्ट ‘बिग्रिएको’ हल्लामा लछार–पछार

काठमाडौं, २५ चैत । स्नातकोत्तर तहको रिजल्ट आएपछि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा तोडफोड, आगजनी र प्राध्यापकलाई दुव्र्यवहार नभएको वर्ष कमै होलान् । यो वर्ष त झन् शिक्षाशास्त्र संकायका विद्यार्थीहरू रिजल्ट नआउदै रिजल्ट ‘बिग्रिएको हल्ला’मा प्राध्यापकलाई लछार–पछार गर्नसमेत पछि परेनन् ।
कीर्तिपुरस्थित शिक्षाशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा. शिवशरण महर्जन अघिल्लो सोमबार विद्यार्थीको यस्तै दुव्र्यवहार भोग्न बाध्य भए । एमएड प्रथम वर्षको रिजल्ट भने गत बिहीबार मात्र आयो । रिजल्टअनुसार करिब १६ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । तर, डेढ साताअघि नै विद्यार्थीले ‘रिजल्ट बिग्रियो’ भन्दै विभागीय प्रमुख महर्जनलाई दुव्र्यवहार गरे ।
महर्जनका अनुसार गणित विषयका विद्यार्थीले उनलाई रिजल्ट बिग्रियो भन्दै लछारपछार गरेका थिए । ‘रिजल्ट प्रकाशित नभए पनि ‘रिजल्ट बिग्रियो’ भनेर विद्यार्थीहरूले दुव्र्यवहार गरे,’ महर्जनले भने, ‘मेरो अधिकारक्षेत्रभन्दा बाहिरको कुरा उठाएर नचाहिने प्रेसर दिए ।’ उनले विद्यार्थीले आफूलाई लछारपछार नै गरेको बताए ।
विद्यार्थीले विभागीय प्रमुखलाई लछारपछार गरेको दुई दिनपछि नै बुधबार गणित विषयका प्रमुखलाई घेराउसमेत गरेका थिए । दुव्र्यवहार भएको अर्को दिन ती प्राध्यापकले घटनाप्रति खेद व्यक्त गर्दै दिउ“सो १ बजेपछि पढाएनन् ।
यसअघि १० चैतमा व्यवस्थापन केन्द्रीय विभागमा विद्यार्थीले तोडफोड गरेका थिए । स्नातकोत्तर प्रथम वर्षको रिजल्टमा थोरै विद्यार्थी पास भएको तथा मार्कसिट दिन पनि ढिलाइ गरेको भन्दै उनीहरू तोडफोडमा उत्रिएका थिए । तोडफोडपछि भवनको सुरक्षामा प्रहरी खटिएको छ । पा“च सयभन्दा बढीले परीक्षा दिएकामा ९६ जना मात्रै पास भएका छन् ।

‘सरले छेकेर बचाउनुभयो’
– प्रा. शिवशरण महर्जन
प्रमुख, शिक्षाशास्त्र केन्द्रीय विभाग

सोमबारको दिन म आफ्नै कार्यकक्षमा थिए । ३० ४० जनाको समूह मेरो कार्यकक्षमा आयो । उनीहरूले हाम्रो रिजल्ट बिग्रियो, सुधार्नुपर्‍यो भनेर दबाब दिन थाले । रिजल्ट आएकै छैन कसरी सुधार्नु † म अचम्मित भए । उनीहरू थोरै पास भएको हल्ला सुनेर धेरैलाई पास गराउनुपर्‍यो भन्न आएका रहेछन् । मैले रिजल्ट मेरो अधिकारक्षेत्रबाहिरको कुरा हो भने । उनीहरू त तोडफोडमा पो उत्रिए । मैले तपाईंहरूकै सम्पत्ति हो, तपाईंहरूले तिरेको शुल्कबाट बनाएको सम्पत्ति हो भनेर कन्भिन्स गरे । त्यसपछि उनीहरू बाहिर गए । मलाई थुन्न खोजेका रहेछन् । म जबर्जस्ती बाहिर आउन थाले । बाहिरिन खोज्दा ढोकामा लडे । उनीहरूले लछारपछार गरे, सिधै प्रहार गरेनन्, घचेट्ने–समात्ने गरे । शिक्षाशास्त्रकै एकजना सरले छेकेर मलाई बचाउनुभयो । पछि उनीहरू मागसहित आए । उनीहरूले उल्टै मैले पिटेको, राजीनामा दिनुपर्नेलगायत माग राखे । प्रत्येक वर्ष रिजल्ट भएपछि यस्तै घटना हुने गरेका छन् ।

प्रतिक्रिया