प्रधानमन्त्रीद्वाराभाइबुहारीलाई नियुक्ति

काठमाडौं, २५ चैत । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नी भाइबुहारी दुर्गा न्यौपाने (भट्टराई)लाई गरिबी निवारण कोषको सदस्यमा नियुक्ति दिलाएका छन् । कोषको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । प्रधानमन्त्री भट्टराईले मन्त्रिपरिषद् बैठकमा ठाडो प्रस्ताव लगेर भाइबुहारीलाई चारवर्षे कार्यकालका लागि नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री भट्टराईले बुहारी दुर्गालाई मध्यमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गर्नेगरी कोषमा नियुक्ति गरेका हुन् । स्रोतका अनुसार कोषको सदस्यमा बुहारीलाई मात्र नियुक्ति गर्दा विवाद आउने र किचलो हुन सक्ने आकलन गर्दै प्रधानमन्त्रीले अन्य चारजनालाई पनि चार वर्षकै लागि नियुक्ति गरेका छन् । उनले कमला राई, अखिलेश्वर दास, बलबहादुर रोकाया र वसन्तबहादुरलाई नियुक्ति गरेका छन् । नियुक्त चारैजना भट्टराईनिकट मानिन्छन् ।
एक मन्त्रीका अनुसार अहिलेसम्म भएका सबै राजनीतिक नियुक्तिमा प्रधानमन्त्री भट्टराईले ठाडो प्रस्ताव लैजाने गर्छन् । ती मन्त्रीले भने, ‘गरिबी निवारण कोष सञ्चालक समितिको सदस्यहरू नियुक्ति गर्दा पनि प्रधानमन्त्रीले सिधै प्रस्ताव गर्नुभएको हो ।’ प्रधानमन्त्री भट्टराईले वार्षिक साढे तीन अर्बभन्दा बढी बजेट रहेको कोषमा बुहारी दुर्गालाई गत कात्तिकमा कोषको सदस्यमा नियुक्ति गरेका हुन् ।
घरायसी काममा व्यस्त रहदै आएकी दुर्गा एकीकृत नेकपा (माओवादी) शान्तिप्रक्रियामा आएपछि बागबजारस्थित पद्मकन्या क्याम्पसमा ‘ग्रामीण विकास’ विषय पढाउन करारमा नियुक्त भएकी थिइन् । स्रोतका अनुसार माओवादीकै जोडबलले उनी त्यहा नियुक्त भएकी हुन् । तर, दुर्गाले भने आफू प्रधानमन्त्रीकी बुहारीको हैसियतमा नभई योग्यता र क्षमताका आधारमा नियुक्त भएको बताइन् । उनले भनिन्, ‘मेरो क्षमता र योग्यताका आधारमा मात्र कोषको सदस्य बनेकी हु, नेताको परिवारको सदस्यको हैसियतमा होइन ।’
‘जेठाजु प्रधानमन्त्री भएकाले म गरिबी निवारण कोषको सदस्यमा मनोनीत भएकी होइन,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले अघिसार्नुभएका योजनालाई साकार पार्न सरकारले मलाई त्यो जिम्मेवारी दिएको हो । कोषको सदस्यमा नियुक्त भएबापत मैले मासिक तलब पाउदिन,’ दुर्गाले थपिन्, ‘मासिक ३० ४० हजार तलब बुझ्ने कर्मचारीहरू छन्, हामीले बैठक–भत्ता न लिने हो ।’
‘पद्मकन्या कलेजमा अध्यापन गरिरहेको छु, खान समस्या छैन, पढाएर कमाएको तलबले पुग्छ,’ उनले सौर्यसग भनिन्, ‘मैले अध्यापन गर्ने विषय र कोषको उद्देश्य मिल्न गएकाले सरकारले नियुक्त गरेको हो, यसमा अन्यथा लिनुपर्ने कुनै कारण छैन ।’
पार्टीका लागि आफूले निकै त्याग गरेको उनको दाबी थियो । ‘पार्टीको राज्यसमिति सदस्यमा छु, बुद्धिजीवी परिषद्मा नेतृत्वमा रहेर लामो समयसम्म काम गरेकी छु, अहिले गरिबी निवारण कोषजस्तो सामान्य निकायको सदस्यमा नियुक्त हुदा किन नेताको आफन्त भनेर बिल्ला भिराइन्छ ?’ अंग्रेजी र ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेकी दुर्गाले प्रतिप्रश्न गरिन् ।
‘ममा जुन क्षमता छ त्यसअनुसारको भूमिका अझै पाएकी छैन । नेताका परिवारले पनि राम्रा काम गर्न सक्छन्, उनीहरूलाई उचित अवसर चाहिन्छ,’ उनले भनिन्, ‘कतै काम गर्न लाग्यो कि नातावादको कुरा उठाएर अवसर खोसिनुहुदैन ।’ कोष सदस्यमा नियुक्त भएपछि गरिबी निवारणसम्बन्धी महत्वपूर्ण योजना अघि सारिएको जानकारी गराउदै दुर्गाले भनिन्, ‘तर, यहा अनेकखाले दबाब, टीका–टिप्पणीले कामको गतिलाई रोक्न खोजिदै छ ।’
तर, कोषका एक कर्मचारीले भने, ‘गरिबका नाममा माओवादीका नेताहरूले यहा मोज गरिरहेका छन् ।’ ती कर्मचारीका अनुसार कोषबाट जति पनि काम भएका छन्, ती सबै माओवादीका नेता तथा कार्यकर्ताको हितमा भएका छन् ।
भतिजी मानुषी पनि आफ्नै क्षमताले नेपाल क्रिकेट संघको बोर्डमा नियुक्त भएको दुर्गाको भनाइ थियो । उनले सौर्यसग भनिन्, ‘तर, प्रधानमन्त्रीकी छोरी भएकाले बोर्डमा नियुक्ति भएको भन्दै चौतर्फी आलोचना गरेर सदस्यबाट राजीनामा गराउन बाध्य पारियो ।’ सत्तामा पुगेपछि आफन्तलाई नियुक्त गर्ने यसअघिका सरकारको परम्पराले अहिले आपूmहरूलाई गाह्रो भएको उनको गुनासो छ । अन्य सरकारले गरेका नियुक्तिलाई अहिलेको सरकारले गरेको नियुक्तिसग तुलना गर्न नमिल्ने बताउदै उनले प्रश्न गरिन्, ‘प्रधानमन्त्रीले नियुक्ति गर्नुभएको स्वकीय सचिवालयका मानिसलाई हेरे हुन्छ, त्यहा प्रधानमन्त्रीका कतिजना आफन्त छन् ?’
प्रधानमन्त्री भट्टराईले बुहारी दुर्गालाई मात्र नभई अन्य आफन्तलाई पनि सरकारी पदमा नियुक्त गरेका छन् । भट्टराईले पत्नी हिसिला यमीकी दिदी–बहिनीलाई राम्रै स्थानमा राजनीतिक नियुक्ति दिलाएका छन् । प्रधानमन्त्रीले आफ्नी जेठीसासू कयोदेवी यमीलाई लोकसेवा आयोगको कार्यकारी अध्यक्ष बनाएका छन् । त्यस्तै, प्रधानमन्त्रीले काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रमुखमा अर्की जेठीसासू तिमिला यमी थापालाई नियुक्त गर्न खोजेका थिए । तर, चौतर्फी विरोध भएपछि प्रधानमन्त्रीको प्रयास सफल हुन सकेको थिएन ।

प्रतिक्रिया