कार्यालय टेक्नै छाडे कांग्रेस नेता

काठमाडौ, २१ चैत । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीको केन्द्रीय कार्यालय सानेपामा पाइला नटेकेको एक महिनाभन्दा बढी भयो । उनले आङ्खनो निवासलाई नै पार्टीका नेता–कार्यकर्तासित भेटघाट गर्ने थलो बनाएका छन् ।
सभापति कोइराला मात्र होइन, कांग्रेसका धेरैजसो शीर्ष नेता कार्यालय गएका छैनन् महिनौदेखि । नेता भेट्न आउने कार्यकर्ता उनीहरुको निवासमै धाउने गर्छन् । नेता तथा कार्यकर्ताको अनुपस्थितिले केन्द्रीय कार्यालय सानेपा सुनसान बन्न थालेको छ । जिल्लाबाट आएका कार्यकर्ता फाट्टफुट्ट कार्यालयमा देखिन्छन् । नेता नभेटेपछि कर्मचारीसित उनीहरू गफ गरेर फर्किन्छन् ।
गत १७ फागुनदेखि कार्यालयमा नदेखिएका सभापति कोइरालाले आङ्खनो निवासमा भने दैनिक तीन घन्टाभन्दा बढी समय नेता तथा कार्यकर्तालाई भेट्ने गरेका छन् । विभिन्न कार्यक्रम र बैठकमा सहभागी भएको वा उपत्यका बाहिर गएको बेला बाहेक उनी बिहान आठदेखि एघार बजेसम्म पार्टीका नेता तथा कार्यकर्तासग भेटघाट गर्छन् । पछिल्लो पटक १७ फागुनमा प्रशिक्षण विभागले पार्टीका मधेसी मूलका नेताहरुसं“ग गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुन कोइराला पार्टी कार्यालय पुगेका थिए ।
वरिष्ठ नेता शेरबहादुर देउवा त केन्द्रीय कार्यालय नपुगेको साढे छ महिना भयो । देउवा ११ असोजपछि पार्टी केन्द्रीय कार्यालय टेकेका छैनन् । उनले पनि बिहान नौ बजेपछि आङ्खनै निवासमा नेता तथा कार्यकतासग भेट्ने गरेका छन् । भेटघाटका लागि उनको निवासमा बेग्लै कोठा  छुट्टयाइएको छ ।
उपसभापति पौडेल भने पछिल्लोचोटि १८ दिनअघि पार्टी केन्द्रीय कार्यालय पुगेका थिए । उनी हरेक दिनजसो सभापति कोइरालालाई भेट्न उनको निवास पुग्ने गरेको स्रोतले बतायो । पौडेलले बिहान केही समय मात्र निवासमा आएका कार्यकर्तासग भेट्ने गरेका छन् ।
महामन्त्री प्रकाशमान सिंहले आङ्खनो निवासमै कार्यालय बनाएर कार्यकर्तासग भेटघाट गर्ने गरेका छन् । त्यस्तै, नेता विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शशांक कोइरालासहितका नेताको निवासमा कार्यकर्ताको बिहानैदेखि भिड लाग्ने गरेको छ । उनीहरु केन्द्रीय कार्यालय नपुगेको लामो समय भएको छ ।
देउवा पक्षको बहिष्कारका बीच पछिल्लोचोटि गत ९ मंसिरमा केन्द्रीय समितिको बैठक बसेको थियो । देउवा पक्षले ३ असोजको केन्द्रीय समितिको बैठकसमेत बहिष्कार गरेको थियो । त्यसपछि केन्द्रीय समितिको बैठकसमेत बसेको छैन । बैठक नबस्नाले पनि अधिकांश केन्द्रीय सदस्य पार्टी कार्यालय नआएको एक कर्मचारीले बताए ।
ती कर्मचारीका अनुसार पछिल्लो १५ दिनमा केन्द्रीय नेतामध्ये महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, दीपकुमार उपाध्याय, मानबहादुर विक, महेन्द्र यादव मात्र पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।  ‘श्रेष्ठचाहि नियमित जस्तै आउनुहुन्छ,’ कार्यालयका एक कर्मचारीले भने ।
केन्द्रीय सदस्य विकले काठमाडौमा भएका बेला एक÷दुई दिन बिराएर केन्द्रीय कार्यालय जाने गरे पनि पछिल्लो समय आफू पनि जान छाडेको बताए । उनले भने, ‘कार्यालयमा अरु कोही नहदा सधै गइरहन मन लाग्न छाडेको छ ।’
नेविसंघको आन्तरिक विवाद समाधान गर्न आग्रह गर्दै मंगलबार नेविसंघका केही नेता धर्ना दिन पुग्दा भने पार्टी केन्द्रीय कार्यालयमा चहलपहल भएको थियो । उनीहरुको धर्ना सकिने बेलामा केन्द्रीय सदस्य श्रेष्ठ पार्टी कार्यालय पुगेका थिए । श्रेष्ठ पुगेको केही समयपछि महामन्त्री सिटौला पनि देखिए । यसअघि २९ फागुनमा पार्टी केन्द्रीय कार्यालय पुगेका केन्द्रीय सदस्य चन्द्र भण्डारीका साथै इलाम, कास्की, धादिङका जिल्ला सभापतिले महामन्त्री सिटौलालाई केन्द्रीय कार्यालयमा नेताहरु आउने प्रचलन बसाल्न आग्रह गरेका थिए ।
केन्द्रीय कार्यालयमा पदाधिकारी र वरिष्ठ नेताबाहेक अन्य नेता बस्नका लागि छुट्टै कोठा छैन । कार्यालयका अधिकांश कोठा र हल भने प्रयोगविहीन छन् । नियमितजस्तै कार्यालय जाने गरेका श्रेष्ठ वरिष्ठ नेता देउवाको कोठामा बस्ने गरेका छन् । सो कोठा यसअघि उपसभापतिको कार्यकक्ष थियो ।
पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य उपस्थित नभएपछि कार्यालयका कर्मचारी पनि फुर्सदिला हुने गरेका छन् । कार्यालयमा मुख्य सचिवसहित २२ कर्मचारी कार्यरत छन् । कर्मचारीले दैनिक कामकाजबाहेक जिल्लामा चिठी पठाउने र विज्ञप्ति जारी गर्नेजस्ता काम गर्नुपर्ने हुन्छ । त्यस्तै, पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले मागेका सिफारिस बनाएर दिने काम पनि गर्छन् । तर आजकाल कामको कुनै चटारो नरहेको एक कर्मचारीले बताए ।
केन्द्रीय कार्यालयले पार्टी सभापति, पदाधिकारीका साथै केन्द्रीय सदस्य सहभागी हुने उपत्यका बाहिरको कार्यक्रमका बारेमा सुरक्षा निकाय र सम्बन्धित जिल्लाका सभापतिलाई जानकारी गराउने गरेको छ ।

प्रतिक्रिया