‘पूर्व महानिरीक्षक बोहरालाई डेढ बर्ष कैदसजाय’

काठमाडौं, २१ चैत । बिशेष अदालतले भष्टाचारको अभियोगमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक मातीलाल बोहरालाई डेढ बर्षको कैद सजाय फैसला गरेको छ ।

बिशेष अदालतमा आज भएको अन्तिम फैसलामा बोहराईलाई २६ लाख ८३ हजार ४ सय ८५ रुपियाँ बिगो र दण्ड जरिवाना गरेको छ । उनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धन आयोगले बिशेषमा मुद्धा दायर गरेको थियो ।

पदीय हैसियत भन्दा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा पूर्व महानिरीक्षक बोहरले बिशेष अदालतमा मुद्धा खेप्दै आएका थिए । बिशेष अदालतले आफ्नो सात बर्ष अगाडिको निर्णयलाई उल्टाएको हो ।

उनले बिशेष अदालतको पूर्ण पाठ आएपछि सर्वोच्च अदालत जाने जनाएका छन् ।

प्रतिक्रिया