विराट गोल्डकप हङकङद्धारा वहिष्कार

विराटनगर, २१ चैत । आयोजकले उपेक्षा गरेको भन्दै हङकङ नेप्लिज क्लवले पुनः खेलखेल्न नमानेर बहिष्कार गरेपछि विराटनगरमा जारी रमपम विराट गोल्डकप फुटवल प्रतियोगितामा हुण्डाई मनाङमस्याङदी क्लव अन्तिम चारस्थान सुरक्षित गर्न सफल भएको छ ।

सोमबार हङकङ नेप्लिज र हुण्डाई मनाङमस्याङदीवीच भएको प्रतिस्पर्धा वरावरीमा टुङगिएपछि आयोजकले आज विहान ८ वजे पुनः प्रतिस्पर्धा गराउने वताएका थिए ।

तर फुटबल खेलको अन्तर्राष्ट्रिय नियमविपरित आयोजकले खेलखेल्न दवाव दिएर उपेक्षा गरेको भन्दै हङकङले प्रतिस्पर्धा गर्न मानेन । आयोजकले हङकङलाई मनाउन लामो वार्ता गरेपनि  हङकङले आफनो अडान छाडेन । मैदानमा उत्रन नमानेपछि १४ औं वुढासुव्वा गोल्डकपको उपविजेता मनाङले  ‘वाक ओभर’ पाएर विजयी भयो ।

सोमवार मनाङ र हङकङले निर्धारित समयमा दुई दुई गोल गरेर आफनो टिमलाई वरावरीमा पुराएका थिए । थप गरिएको २० मिनेट समयमा पनि निर्णायक गोल हुन नसकेपछि आयोजकले टाईव्रेकरका लागि दुबै टिमलाई टस गराएका थिए ।

पहिले पेनाल्टी शुटका लागि हङकङले टस जितेको थियो । तर लगत्तै मनाङका गोलकिपर विशाल श्रेष्ठले अध्यारो भएकोले खेल खेल्न ईन्कार गरे । निक्कैवेरको प्रयास पछि पनि खेल हुननसकेपछि मंगलवार विहान ८ वजे लाई खेल सारिएको थियो ।

‘फुटवलको अन्तर्राष्ट्रिय नियम अनुसार प्रतिस्पर्धा गरेको  २४ घण्टा अगाडि खेलखेलाउन पाईदैन’, हङकङका प्रशिक्षक देव क्षेत्रीले भने ‘आयोजकले हामीलाई एकोहोरो खेल्न दवाव दिएर हाम्रो कुरै सुनेनन । उनले मनाङ ‘ए’ डिभिजनको क्लव भएकाले आयोजकले एकपक्षीय रुपमा  कुरा सुनेको अरोप लगाए ।

आयोजक समिति सदस्य तथा एन्फा केन्द्रीय सदस्य वसन्त अर्यालले एन्फाको नियम अनुसार प्रतियोगिता आयोजकले विशेष परिस्थिती हेरेर निर्णय गर्न सक्ने अधिकार भएकोले सोही अनुसार नै गरिएको वताए ।

प्रतिक्रिया