ट्राफिक प्रहरीलाई थप अधिकार

काठमाडौं, २० चैत । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले सवारी–नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्न ट्राफिक प्रहरीको क्षेत्राधिकार बढाउने भएको छ । मन्त्रालयले यातायात व्यवस्था ऐन– २०४९ परिमार्जन गरी सवारी–नियम उल्लंघन गर्ने माथि गरिने कारबाहीको दायरा बढाउन ट्राफिक प्रहरीलाई थप अधिकार दिने भएको हो ।
अहिलेको यातायात व्यवस्था ऐन समयसापेक्ष नभएको तथा सवारी–नियम उल्लंघन गर्नेमाथि नियमन गर्ने अधिकार यातायात व्यवस्था विभागलाई मात्र रहेकाले यसको परिमार्जन गर्न लागेको मन्त्रालयले जनाएको छ । यातायात क्षेत्रलाई व्यवस्थित गर्न ट्राफिकलाई आवश्यक अधिकार ऐनमा नभएकाले परिमार्जनपछि थप अधिकार प्रत्यायोजन गरिने मन्त्रालयका उपसचिव अनिल गुरुङले बताए ।
‘परिमार्जित ऐनमा यातायात क्षेत्रलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई अधिकार सम्पन्न बनाइनेछ,’ उनले भने, ‘अहिले विभागस“ग भएको सवारी–नियम उल्लंघनसम्बन्धी कारबाही गर्ने अधिकार ट्राफिकलाई दिइनेछ ।’ सो ऐन यातायात सम्बद्ध प्राविधिकस“ग छलफलपछि अहिले मन्त्रालयमा पुगेको छ । यसलाई २२ चैतमा बस्ने मन्त्रीस्तरीय बैठकले अन्तिम रूप दिने तयारी गरेको मन्त्रालयले जनाएको छ । अहिले सवारी–नियम उल्लंघन गर्नेलाई २५ देखि २ सय रुपिया“ जरिवाना गर्ने अधिकार मात्र ट्राफिक प्रहरीस“ग छ । परिमार्जित ऐनमा सवारी–नियम उल्लंघन गनेबाट अहिले लिइ“दै आएको जरिवाना रकमसमेत बढ्ने मन्त्रालयले जनाएको छ ।
अहिले बढ्दै गएको सवारीचाप र नियम उल्लंघनको समस्या न्यूनीकरण गर्न विभागले मात्र नसक्ने भएकाले ट्राफिकलाई थप अधिकार सम्पन्न बनाउन लागेको उपसचिव गुरुङले बताए । यो ऐन २० वर्ष पुरानो भइसकेकाले पनि परिमार्जनको आवश्यकता रहेको गुरुङको भनाइ छ । मौजुदा ऐनमा सवारी–नियम उल्लंघन गर्ने माथि गरिने दण्ड तथा जरिवानाको दायरा कम रहेकाले नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्दै गएको छ । परिमार्जित ऐनमा सवारी–नियम उल्लंघन गर्ने जो कोहीलाई पनि कडाभन्दा कडा कारबाहीको व्यवस्था गरिने गुरुङ बताउ“छन् । परिमार्जित ऐनमा सवारी दर्ता, सवारी चालक अनुमति–पत्र लिने प्रक्रियालगायत कुरालाई सरल र व्यवस्थित बनाइने तथा विदेशबाट आयात गरिने रिकन्डिसनका सवारीसाधनलाई निषेध गरिनेछ ।
पछिल्लो समयमा ट्राफिक समस्या, सवारी जाम तथा सवारी–निमय उल्लंघन गर्नेमाथि कारबाही गर्ने सम्बन्धमा ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागबीच मनमुटाव बढ्दै गएको छ । यातायात क्षेत्रको नियमन गर्ने काम विभागले गर्दै आएको भए पनि स्थलगत रूपमा ट्राफिक प्रहरीले चेक गर्नुपरेकाले यो अवस्था देखिएको हो । बढ्दो दुर्घटना तथा सवारी–नियम उल्लंघन नियन्त्रण गर्न विगतदेखि नै ट्राफिक प्रहरीलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा सरोकारवालाले जोड दि“दै आएका थिए । लामो समयसम्म पनि ऐन परिमार्जन नहु“दा सवारी क्षेत्रका समस्या न्यूनीकरण हुन नसकेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया