कोमलको गीतमा लट्ठै

बाग्लुङ : बाग्लुङ महोत्सव तथा पश्चिमाञ्चल औद्योगिक व्यापार मेलाको सातौँ दिन आइतबारको साँझ ढल्दै थियो । गायिका कोमल ओलीको व्यग्र पर्खाइमा बसिरहेका दर्शक घर पुग्नुपर्ने हतारो बिर्सिरहेका थिए । साँझ झमक्क पर्दै गर्दा मञ्चमा चढेकी ओलीले आफ्ना चर्चित ६ गीत गाएर एक घन्टा मनोरञ्जन दिलाइन् । दर्शकलाई उत्साही बनाउन सायरीमार्फत प्रस्तुति सुरु गरेकी उनले हे नानी गाजले, बाँझो खेतमा, तिम्रो मेरो हल्ला चल्या छ रे, झ्वाँक तन्नेरी,
पोइल जान पामलगायत गीत गाएकी थिइन् ।
गीतसँगै नाचूँनाचूँ लाग्ने कोमलको प्रस्तुतिको वशमा परेर दर्शक मात्र होइन, मञ्चमा अतिथिका रूपमा रहेका बाग्लुङका सिडिओ, डिएसपी, नेपाली सेनाका कर्णेल, जर्नेल, महोत्सव आयोजक समितिका संयोजक पनि ननाची बस्न सकेनन् ।

प्रतिक्रिया