संघीयता अन्तरिम संविधानमै छः उपराष्ट्रपति

काठमाडौ, २० चैत । उपराष्ट्रपति परमानन्द झाले उपराष्ट्रपति झाले संघीयता संविधानमै उल्लेख रहेकाले संघीयता हुने नहुनेमा विवाद गर्न आवश्यक नरहेको बताएका छन् । उनले अब कति प्रदेश चाहिन्छ भन्नेमा मात्र छलफल गर्नु पर्ने आवश्यकता रहेको बताए ।

कान्तिपथस्थित आफ्नै कार्यकक्षमा आज रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझेपछि सञ्चारकर्मीसँग कुरागर्दै नयाँ संविधान आउनेमा कसैलाई विश्वास नरहेको भन्दै उनले बिकल्प खोज्न दलहरुलाई सझाब दिएका छन् ।

झाले जेठ १४ गते भित्र संविधान आउछ भनेर कसैलाई विश्वास नरहेको बताए । उनले समय रहदै विकल्पमा छलफल गर्नु उचित हुने भन्दै चुप लागेर बस्नु ठीक नभएको बताए ।

उनले भने, ‘समयमा संविधान बनेन भने त्यसको दोषी प्रमुख तीन दलका १० शीर्ष नेताहरु हुने छन् ।’ प्रमुख दलका शीर्ष नेताहरु बीच सहमति नबने सम्म संविधान आउन नसक्ने उपराष्ट्रपति झाको भनाई छ ।

संविधान निर्माणको काममा सर्वोच्च अदालतले भनेजस्तो जनमत संग्रहमा जान नसकिने उपराष्ट्रपति झाले बताए । उनले सर्वोच्चको फैसला अस्पष्ट रहेको दाबी गरेका छन् ।

उनले भने, ‘संविधान निर्माणका लागि जनमत संग्रहमा जान सकिदैन, नयाँ निर्वाचनमा जाने कुरापनि प्रष्ट छैन ।’

प्रतिक्रिया