मसान्त भित्रै लडाकु समायोजन गर्छुः प्रधानमन्त्री

काठमाडौं, १९ चैत । प्रधानमन्त्री एवं सेना समायोजन विशेष समितिका संयोज बावुराम भट्टराईले चैत मसान्त भित्रनै सेना समायोजनको प्रक्रिया पुरा हुने बताएका छन् ।

काठमाडौंमा आज बसेको बिशेष समिति बैठकमा प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हन् ।

उनले शान्ति प्रक्रियाको महत्वपूर्ण पाटोको रुपमा रहेको समायोजन प्रक्रिया चैत्र मसान्त भित्रमै पुराहुनेमा अशंका नगर्न आग्रह गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उनले भने, ‘सेना समायोजनको कार्यतालिका भित्रै लडाकु समायोजन हुन्छ, यसमा शंका गर्नुपर्दैन ।’

लडाकु समायोजनमा एकीकृत माओवादीले अघि सारेका नयाँ सर्तका कारण बिभिन्न आशंका उब्जिएका समयमा प्रधानमन्त्री भट्टराईले कार्यतालिका र सहमति अनुसारनै लडाकु समायोजन हुने प्रतिवद्धता जनाएका हुन् ।

प्रतिक्रिया