“मैले गर्दा गुरुआमा लड्नुभयो”

दक्षिणमा हरियो डाडा । तलतिर भोटेकोसी खोला । पश्चिम–दक्षिणमा ‘तातोपानी’ थियो । भाइबहिनीहरू † सिन्धुपाल्चोक, कोदारी गाउमा मेरो घरको आगनमै बसेर ती रमाइला दृश्य देख्न सकिन्थ्यो । मेरो बाबाले बनाएको त्यही घरमा म विक्रम संवत् २००४ चैत २८ गते जन्मिएकी हु ।
पाच दिदीबहिनी र एउटा भाइमध्ये म जेठी हु । बुबा नेपाल आर्मीमा जागिरे हुनुहुन्थ्यो । आमाले घरकै काम गर्नुहुन्थ्यो । सानोमा म साथीहरूसग ‘तातोपानी’मा नुहाउन जान्थे । अचेल धेरै मानिस तातोपानीलाई तीर्थका रूपमा मान्छन् । यो चीनको सिमाना खासाको नजिकै छ ।
म घरको डिलमा बसेर पारिपट्टि देखिने हरियाली हेरिरहन्थे, जिज्ञासु थिए ।
एक दिन आमाले कुखुराका २० वटा अण्डा फुटाल्दै चल्ला निकाल्नुभएछ । जम्मा साढे दुई वर्षकी मैले अचम्म मानेर सोधे रे– ‘चल्ला बनाउने अण्डा र खाने अण्डा फरक हो आमा ?’ आमाले ‘त्यही अण्डामा कुखुरा २२ दिन ओथारो बसेपछि चल्ला बन्छ’ भन्नुभयो ।
जागिरका लागि बुबाले एक ठाउबाट अर्को ठाउ गइरहनुपथ्र्यो । हामी पनि सगै जान्थ्यौ । म चार वर्षकी हुदा बुबासगै काठमाडौं ल्याइए । कन्यामन्दिर स्कुलमा भर्ना गर्नुभयो । मलाई कसैले स्कुल पुर्‍याइदिन्थ्यो । टुडिखेलमा ऐसेलु, काफल र आलुचा बेच्न राखिएको हुन्थ्यो । मलाई ‘त्यो नखानू’ भनिएको थियो । एक दिन मैले आलुचा खाइदिए । तीन दिनसम्म पखाला ला’थ्यो । पेट दुख्यो । मैले स्कुल नै जान छाडिदिए । पढ्न नगए पनि साझबिहान त्यहा खेल्नचाहि जान्थे ।
एउटी सुन्दर किशोरी त्यहा मसग खेल्न आउ थिन्, घागर लगाएकी । मलाई ‘खेलेर मात्र हुदैन, पढ्नुपर्छ’ भन्थिन् । उनैले चउरको बालुवामा क, ख र ए, बी, सी, डी लेखेर चिनाइन् । हामी खेल्ने चउरको छेवैमा एउटा सानो दरबारजस्तो घर थियो । उनी त्यहीबाट आउथिन् । सायद राणा, शाहकी छोरी हुन् कि ?
पाच–छ वर्षकी थिए । बुबाको सरुवा विराटनगर भयो । हामी पनि त्यही गयौ । कुल्ली क्वार्टरमा मलाई ‘बच्चा क्लास’मा भर्ना गरियो । एक दिन कक्षामा ‘म्युजिकल चेयर’ खेलिरहेका थियौ । गुरुआमा मनिकला सुब्बा हुनुहुन्थ्यो । उहा पनि हामीसगै खेल्न थाल्नुभयो । मलाई ‘गुरुआमा भएर पनि केटाकेटीसग के खेलेको होला’ भन्ने लाग्यो । कुर्सी पर सारिदिए । गुरुआमा त लड्नुभयो । उठेर मलाई पिट्नुभयो । मैले लडाउछु भनेर त्यसो गरेकी थिइन“ । त्यो दिन सम्झदा अहिले हासो लाग्छ ।
कक्षामा जहिले पनि कविता कण्ठस्थ गरेर सुनाउथे । कक्षामा मै प्रथम हुन्थे । आमा खुसी भएर ‘पिपरमेट’ चकलेट दिनुहुन्थ्यो । म कहिल्यै जिद्दी र झगडा गर्दिनथे । साथीभाइसग खेल्न जान मन लाग्दैनथ्यो । घरमै भाइबहिनीसग खेल्न वा एक्लै बस्न मन लाग्थ्यो ।
विक्रम संवत् २०१५ को कुरा हो । बुबाले मलाई भारतको कलकत्ता लिएर जानुभयो । रेलमा चढ्दा अर्कै रमाइलो हुदो रहेछ । त्यहा मेरो मामा हुनुहुन्थ्यो । उहा भारतीय आर्मीमा जागिर गर्नुहुदो रहेछ । मलाई मामाले अम्बिका हिन्दी हाइस्कुलमा तीन कक्षामा भर्ना गरिदिनुभयो । त्यहा कमलकुमार शर्मा नाम गरेका नेपाली मान्छे हेडसर हुनुहुन्थ्यो । एक दिन मैले मामासग ‘मलाई हिन्दी विद्यालयमा किन भर्ना गर्नुभएको ? अंग्रेजी, उर्दू विद्यालयमा किन भर्ना नगरेको ?’ भनेर सोधे । मामाले ‘त्यहा नेपाली मान्छे नै हेडमास्टर हुनुहुन्छ । तिमीलाई सजिलो हुन्छ’ भन्नुभयो ।
१५ अगस्टमा भारतको गणतन्त्र दिवस पर्छ । त्यो दिन हामीले विद्यालयमा हुने कार्यक्रममा भाग लिनुपथ्र्यो । मैले कलकत्ताको ‘हावडा मैदान’मा भएको कार्यक्रममा भाग लिए । फलामको डन्डामा आगो बालेर खेलिने ‘लेजिम’ खेलमा प्रथम भए“ । विद्यालयमा भएको कार्यक्रममा हिन्दी, उर्दू, फारसी भाषाका विद्यार्थीले आ–आङ्खनो भाषाको राष्ट्रिय गीत गाए । मैले गोपालसिंह नेपालीले रचेको ‘भ्रान्ति’ कविता पाठ गरे“ । कमल सरले ‘नेपाली साहित्यको नाम राख है’ भन्दै ठूलो शब्दकोष, कादम्बरी किताबहरू उपहार दिनुभयो । मलाई साथीहरू जहा पनि कविता सुनाऊ भन्थे । म सुभद्राकुमारी चौहानले लेखेको कविता सुनाउथे । कविताको शीर्षक ‘ठुकरा दो या प्यार करो’ थियो ।
बुबाको सरुवा धनकुटामा भयो । म पनि त्यही पढ्न आए । कुण्डेश्वर कन्या सदनमा सात कक्षामा भर्ना भए । मैले भर्ना हुनुपर्ने ६ कक्षामा हो । आर्मीकी छोरी भनेर होला त्यसो गरिएको । मलाई त्यो ठीक लागेन । पछि मैले आठ, नौ र १० कक्षा दुई–दुई वर्ष लगाएर पढे“ । पढाइ अरूलाई देखाउनभन्दा आङ्खना लागि हो, यस्तै लाग्थ्यो मलाई ।
बुबाले पूजा गर्न नभ्याएको दिन गायत्री स्तोत्र पाठ गर्नुपथ्र्यो । मैले गायत्री उच्चारण गर्दा बुबा सधै ‘यो पनि तिमीजस्तैले लेखेको हो, तिमीले पनि लेख्न सक्नुपर्छ’ भन्नुहुन्थ्यो ।
बुबाको प्रेरणाले होला, १३ वर्षकी हुदा पहिलोपटक मेरो कविता छापियो ।  शशिकला शर्मा सम्पादक भएको ‘स्वास्नी मान्छे’ पत्रिकामा ‘मेरो इतिहास बन्नेछ’ भन्ने कविता छापिएको थियो । म १६ वर्षकी हुदा बुबाको स्वर्गारोहण भयो । त्यति बेला हामी भोजपुरमा बस्थ्यौ । म विद्योदयमा १० मा पढ्थे । एक वर्ष मेरो पढाइ रोकियो । परिवारमा केही समस्या आयो । आमा र मैले भाइबहिनीलाई हुर्काउने जिम्मेवारी पूरा गर्‍यौ । १८ वर्षमा प्रवेशिका पास गरे । अहिले मैले धेरै किताब देखिसकेकी छु । मलाई अहिले पनि ती बाल्यकालका दिन सम्झिदा रमाइलो लाग्छ ।
प्रस्तुति, शिवराज योगी

प्रतिक्रिया