दिनभरीको बार्तामा पनि सहमति भएन

काठमाडौं, १७ वैशाख । राज्य पुनर्संरचना र शासकीय स्वरुपमा छलफल गर्दै आएका प्रमख दलका शीर्ष नेताहरुले दिनैभरी बार्ता गरेपनि बैठक निष्कर्ष बिहिन सक्किएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा दुई चरण भएका छलफलमा दलहरुले संविधानका बिवादित बिषयमा सहमति जुटाउने प्रयास गरेको नेताहरुले बताएका छन् । संविधानका बिवादित बिषयका साथै दलहरुका वीच राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा समेत परामर्श भएको छ ।
राज्य पुनर्संरचना र शासकीय स्वरुपमा छलफल गर्दा गर्दै राष्ट्रिय सहमतिको सरकारमा गरेका दलहरुले तोकिएकै समयमा संविधान जारी हुने दाबीपनि गरेका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरागर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शासकीय स्वरुप र राज्य पुनर्संरचनामा दलहरु सहमतिको नजिक पुगेको बताए । उनले भने, ‘सहमतिको नजिक पुगेका छौं सहमति हुन्छ ।’
एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चावीच अन्य दिन जस्तै आजपनि एक पक्षीय र दुई पक्षीय तथा संयुक्त छलफलहरु भएका थिए ।
कांग्रेसले आफ्नो केही प्रभावशाली नेताहरुसँग अलग छलफल समेत गरेको थियो । राष्ट्रिय सहमतिको सरकारको प्रस्ताव कांग्रेसले बिहान गरेपछि दलहरुले सोही बिषयमा केन्द्रित हुँदै आएका छन् ।

प्रतिक्रिया