खै..त सहमतिको प्रस्तावः संवैधानिक समिति

काठमाडौं, १६ वैशाख । संविधानका बिवादित विषयहरुमा राजनीतिक सहमति सहित प्रतिवेदनको आशा गरेको संवैधानिक समितिको बैठक पुनः आइतबारसम्मका लागि स्थगित भएको छ ।
समितिको कार्यकक्ष सिंहदरबारमा आज बसेको बैठकमा बिवाद समाधान उपसमितिका तर्फबाट कांग्रेस संसदीय दलका नेता रामचन्दै पाडेलले दलहरुका वीच सहमतिको प्रयास जारी रहेकाले भोली आइतबारसम्म बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्ताव आएपछि बैठक आइतबार बिहान साढे आठ बजे बस्ने गरि स्थगित भएको समितिद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बैठकमा समिति सभापति नीलाम्वर आर्चायले प्रमुख दलहरुले गरेको प्रतिवद्धता अनुसार आजपनि बिवादित बिषयमा सहमतिको प्रस्ताव नआएकोमा असन्तुष्टि जनाए । उनले भने, ‘प्रमुख दलका शीर्ष नेता र बिवाद समाधान उपसमितिका संयोजक पुष्पकमल दाहालले समेत आजसम्म सहमतिको प्रस्ताव आउछ भन्नु भएको थियो, खोइ प्रस्तव त आएन ?’
जवाफमा कांग्रेस संसदीय दलका नेता पौडेलले दलहरुका वीच बिशेष गरेर राज्य पुनर्संरचना र शासकीय स्वरुपमा छलफल जारी रहेकाले सकेसम्म आजै बेलुका सहमति हुने आश्वासन दिए । उनले नयाँ संविधानका बिषयहरुमा छलफल जारी रहेको समेत उल्लेख गरे ।
प्रमुख दलहरुको आग्रहमा समितिले बिवाद समाधान उपसमितिलाई पटक÷पटक समय उपलब्ध गराईसकेको छ ।
दलहरुका वीच सहमति हुन नसक्दा संविधानसभा वैठक समेत प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया