कितावमा बढी मूल्य लिने व्यापारी कारबाहीमा

जनकपुर, १४ वैशाख । जिल्ला अनुगमन समिति सिन्धुलीले सदरमुकामका स्टेशनरी पसलहरुमा आज अनुगमन गरेको छ ।

सदरमुकामका अधिकांस स्टेशनरीहरुमा  अनुगमनका क्रममा ६ स्टेसनरीहरुले स्टिकर टांसी अत्याधिक मूल्य लिई किताव विक्री गरेको पाइएको छ ।

अनुगमनमा परेका स्टेशनरीहरुमा उषा स्टेशनरी, विक्रम स्टेशनरी, परजुना स्टेशनरी, काभ्रे भगवती पुस्तक पसल, आईडिया स्टेशनरी रहेका छन् ।

स्टेशनरीहरुले गणित, सामाजिक, जनसंख्या, विज्ञान लगायत विषयका पुस्तकहरुमा स्टिकर टांसी वढी मूल्यमा किताव विक्री गरेको जिल्ला अनुगमन समितिले जनाएको छ ।
वढी मूल्य टांसी पुस्तक विक्री गर्ने स्टेशनरीहरुलाई आवस्यक कारवाही गरिने अनुगमन समितिले जनाएको छ ।

अन्य स्टेशनरीहरुमा पनि अनुगमन हुने समितिले जनाएको छ । अन्य व्यापारीहरुलाई समेत सचेत गराउन समय समयमा जिल्ला अनुगमन समितिले वजार अनुगमन गरिरहेको छ ।

प्रतिक्रिया