जनचाहाना अनुरुपका राज्य बनाउ

काठमाडौं, १४ वैशाख । एकीकृत माओवादीका सभासद र केन्द्रीय सदस्यहरुले केन्द्रीय सदस्यहरुले जनताको चाहना र भावना बुझेर राज्यको पुनःसंरचना गरिनुपर्ने सुझाव दिएका छन् ।
सुदूरपश्चिमका सभासद्हरुले राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले खस जातिको बाहुल्य रहेको सेती, महाकाली, कर्णाली र भेरीलाई एउटै प्रदेश बनाउनु पर्ने माग गरे ।
एकीकृत माओवादीका सभासद् शरदसिंह भण्डारीले सेती महाकाली केन्द्रीय विकासको असमानता दिनानुदिन तीव्र बन्दै गएको बताए । उनले सेती महाकाली जनताको पहिचान नै क्षेत्रीय उत्पीडन हुने हुँदा राज्य पुनर्संरचना समितिले सिफारिस गरेको पहाडी र हिमाली भूगोलको खप्तड प्रदेश नै कायम गरिनुपर्ने बताए ।
सभासद् शङ्करबहादुर खड्काले संविधानसभाको चुनावपछि राजनीतिक पार्टी र शीर्ष नेतृत्वमा राज्य पुनर्संरचना सम्बन्धमा भइरहेको कतिपय बहसले जनतालाई अधिकार सम्पन्न गर्ने भन्दा पनि पुरानै शासन प्रवृद्धिलाई प्रश्रय दिने कार्यमा लागेको आरोप लगाए ।
एकीकृत माओवादीका केन्द्रीय सदस्य खगराज भट्टले सबै जनताको अधिकार सुनिश्चित हुने जातीय आधारको सङ्घीयतासहितको संविधान जेठ १४ भित्रमा ल्याउन आग्रह गरे ।

प्रतिक्रिया