‘बिवादित विषयमा पनि सहमति हुन्छ’

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ संविधानमा देखिएका बिवादित विषयमा छिट्टै सहमति हुने बताएका छन् । उनले सहमतिका लागि दलहरु वीच बिभिन्न चरणमा बार्ता र सम्वाद भएको भन्दै निकास आउने बताए ।
उनले शान्ति प्रक्रियाले गति लिए लगत्तै संविधान निर्माणको काम पनि अघि बढेको बताए ।
गृह जिल्ला गोरखाको छेकम्पार गाउँ विकास समितिमा आज आयोजित कार्यक्रममा उनले तोकिएकै समयमा नयाँ संविधान जारी हुने बताए ।
सेना समायोजनका कामहरु तिव्ररुपमा सक्किए जस्तै संविधानका बिषयमा पनि छिटो सहमति हुने भट्टराईको भनाई छ ।
भट्टराईले देशमा शान्ति प्रक्रिया र संविधान निर्माणको काम सकिएलगत्तै ग्रामिण क्षेत्रहरुको विकासमा सरकारको ध्यान जाने बताए ।

प्रतिक्रिया