पाँच वर्षसम्म संवैधानिक अदालत राख्ने सहमति

काठमाडौं, १० वैशख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले न्यायप्रणाली अन्तर्गत संवैधानिक अदालतमा सहमति कायम गरेका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज बेलुका बसेको मधेसी मोर्चा, एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठकले पाँच बर्षसम्मका लागि संवैधानिक अदालतको ब्यवस्था गर्ने सहमति गरेको कांग्रेस नेता शेरबहादुर देउवाले जानकारी दिए । उनले भने, ‘न्यायप्रणालीमा दलहरुका बीच सहमति भएको छ ।’
न्यायाधिशहरुले संवैधानिक अदालतको बिरोध गरेपनि प्रमुख दलहरुले आलोचनाको बेवास्वास्ता गर्दै यस्तो निर्णय गरेका हुन् ।
कांग्रेस नेता रामशरण महतले पनि सहमतिका लागि सबै बिवादित बिषयमा छलफल भएपनि पुनः सोमबार बस्ने बैठकबाट टुङगो लगाउने गरेर बैठक स्थगित गरेको बताए । उनले संविधानसभाको बैठक भोलि बसेपनि मतदान प्रक्रिया नजाने बताए । उनले बिवादित बिषयमा सहमति नभएमा प्रक्रियामा जानका लागि पनि केही दिन लाग्ने बताए ।
एमाले अध्यक्ष झलनाथ खनालले बिवादित बिषयहरुमा सहमतिको नजिक पुगेको भन्दै घोषणा गर्न मात्रै बाँकी रहेको बताए ।
दिन भरी बाक्लो छलफल गरेका दलहरुले भोलि पुनः छलफल गरेर सहमतिको प्रयास गर्ने छन् ।

प्रतिक्रिया