मापदण्डविपरीत भएको महालेखाको ठहर

काठमाडौं, ९ वैशाख । महालेखा परीक्षकको कार्यालयले पनि काठमाडौं महानगरपालिकाको कार्यालयनजिकै रहेको सिभिल टेड सेन्टरको भवन मापदण्डविपरीत रहेको फेला पारेको छ । कार्यालयको वार्षिक प्रतिवेदनमा सेन्टरको भवन मापदण्डविपरीत रहेको उल्लेख छ ।
प्रतिवेदनमा २ जेठ २०६४ देखि लागू भएको निर्माण मापदण्डको परिच्छेद २ को दफा २ (क) १ विपरीत सेन्टर निर्माण गरिएको उल्लेख छ । प्रतिवेदनमा व्यापारिक कम्प्लेक्स र सुपर मार्केट निर्माण गर्दा अधिकतम ग्राउन्ड कभरेज ५० प्रतिशत हुनुपर्नेमा सेन्टरको हकमा त्यसो नभएको लेखिएको छ । भवन मापदण्डविपरीत रहेको किटान सो प्रतिवेदनमा गरिएको छ । (हेर्नुस् प्रतिवेदनको अंश)
कार्यालयका कर्मचारीले स्थलगत अनुगमन गर्दा सेन्टर मापदण्डविपरीत बनेको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा अधिकतम ङ्खलोर एरिया रेसियो २.५ हुनुपर्ने भए पनि सेन्टरको भवन त्यसविपरीत रहेको बताइएको छ ।
इन्जिनियरहरूले सेन्टरले भवन निर्माण गर्दा जग्गाको कुल क्षेत्रफलको आधा जग्गामा मात्र भवन बनाउनुपर्नेमा त्यसो नभएको बताएका छन् । थोरै ठाउ मात्र छाडेर भवन बनाइएको उनीहरूको भनाइ छ । ‘आधा भागमा मात्र भवन बनाउनुपर्नेमा त्यसो गरिएको रहेनछ,’ एक इन्जिनियरले सौर्यसंग भने ।
६ रोपनी जग्गामा बनेको सो सेन्टरले लगभग पूरै जग्गा ढाकेर भवन बनाएको छ । कानुनतः यसरी भवन बनाउन पाइ“दैन । भवन बनाइयो भने त्यो मापदण्डविपरीत हुन्छ ।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रमेशप्रसाद सिंहका अनुसार अधिकतम ग्राउन्ड कभरेज ५० प्रतिशत हुने भन्नाको अर्थ जम्मा क्षेत्रफलको आधामा मात्र भवन निर्माण गर्नु हो ।
महालेखा परीक्षकको कार्यालयका प्रवक्ता महोदत्त तिमिल्सिनाले सेन्टरको भवन मापदण्डविपरीत रहेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको बताए । ‘हाम्रो प्रतिवेदन र अडिट रिपोर्टमा त्यसबारे उल्लेख छ,’ प्रवक्ता तिमिल्सिनाले भने । कार्यालयले सेन्टरको भवनसंग सम्बन्धित विभिन्न कागजपत्र माग गर्दा सम्बन्धित निकायबाट नपाइएको समेत प्रतिवेदनमा आैल्याएको छ ।
काठमाडौं महानगरपालिकाको नक्सा शाखा प्रमुख उत्तरकुमार रेग्मीले सेन्टरको भवनको नक्सा सबै कानुनी आधार पूरा गरेर मात्र पास गरिएको बताए । ‘नक्सालगायतका अन्य कागजपत्रमा त सबै मापदण्ड पूरा गरिएको छ,’ रेग्मीले भने ।
सेन्टरका कार्यकारी निर्देशक केशव श्रेष्ठ भने सेन्टरको भवन कानुनसम्मत भएको दाबी गर्छन् । उनले भवन कानुनअनुसार नै निर्माण गरिएको र छाड्नुपर्ने जग्गासमेत छाडिएको बताए ।
यही १ वैशाखमा सौर्य दैनिकमा स्वीकृत नक्साविपरीत भवन बनेको बारेमा समाचार प्रकाशन भएको थियो । सेन्टरले नौ तलाको भवन बनाउने स्वीकृति लिएको भए पनि उसले त्यसविपरीत ११ तलाको भवन बनाएको छ । काठमाडौं उपत्यका नगर विकास समितिसंग पनि सेन्टरले भवन निर्माणको अनुमति लिएको छैन ।
यसैबीच, स्थानीय विकास मन्त्रालयले सेन्टरका सम्बन्धमा महानगरपालिकालाई तत्काल कारबाही अघि बढाउन निर्देशन दिएको छ । मन्त्रालयको नगरपालिका व्यवस्था शाखालाई महानगरपालिकालाई तुरुन्त यसबारे पत्राचार गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता सहसचिव दिनेशकुमार थपलियाले
बताएका छन् ।

प्रतिक्रिया