‘पञ्चायतमा जस्तै थारुलाई प्रयोग गरिएको छ’

विराटनगर ९ वैशाख । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयतालाई थाती राखेर संविधान जारी गरिने संविधान मान्य नहुने चेतावनी दिएका छन ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा अध्ययक्ष यादवले भने, ‘संघीयतालाई थाती राखेर संविधान ल्याईन्छ भने वृहत जनआन्दोलन हुन्छ ।’ उनले संघीयता नहुँदा विगतका संविधान असफल भएको भन्दै अब पनि संघीयता नदिए झनै समस्या आउने बताए ।

मुलुक एमाओवादी, कांग्रेस र एमालेको अनिर्णयको वन्दी भएको आरोप लागाउदै यादवले संविधानका विवादित विषयमा छलफल नगरि होटल र रिर्सोटका वैठक बाट आउने संविधान नमान्ने बताए । उनले रिसोर्ट र होटेलमा षडन्त्र हुन सुरु भएको बताएका छन् ।

उनले भने, ‘संघीयता विरुद्ध षडयन्त्र भए मधेसवादी सभासद र नेताहरुको नयाँ मोर्चा मात्र हैन बिभिन्न जातीय मोर्चालाई सघंर्षमा उतार्छाै ।’

संविधानसभालाई सकृय वनाउन पटक÷पटक गरिएको प्रयास ठूला दलहरुले नै असफल पारेको आरोप यादवको थियो । उनले संघीयता बिनानै जारी गरिने संविधान तीन ठूला दलहरुको दस्तावेज मात्रै हुने बताएका छन् ।

संघीयताका लागि मोर्चामा आवद्ध मधेसी सभासदहरुले पार्टीको ह्वीप नमान्ने उनले दावी गरे । अध्यक्ष यादवले पञ्चायतकालमा जस्तै एक दुई थारु नेतालाई ठूला दलहरुले प्रयोग गरेर एक मधेश एक प्रदेश विरुद्ध षडयन्त्र गरेको दाबी गरेका छन् ।

संविधान जारी गर्नु अघि पूर्व सहमति अनुरुप जिम्मेवार नेताहरु सहभागी भएको नयाँ राष्ट्रिय सरकार निर्माण गरिनु पर्नेमा यादवले जोड दिएका छन् ।

प्रतिक्रिया