कमजोर प्रहरी ऐनः संसदीय समिति

काठमाडौं, ८ वैशाख । संसदको राज्य व्यवस्था समिति अन्तर्गतको सुरक्षा निकायको सरुवा, बढुवा सम्बन्धी अध्ययन गर्न बनेको उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

समितिको कार्यकक्ष सिंहदरबारमा आज बसेको बैठकमा उपसमितिले बुझाएको प्रतिवेदनलाई बैठकले पारित समेत गरेको छ ।

प्रहरीका उच्च अधिकृतको बढुवामा बिभिन्न प्राविधिक समस्या आउने गरेको गुनासाहरु आएपछि राज्य व्यवस्थाले त्यस बिषयमा अध्ययन प्रतिवेदन बनाउन उपसमिति बनाएको थियो ।

उच्च सुरक्षा अधिकृतको सरुवा बढुवा सरकारले चाहे बमोजिम गर्न सक्ने भएपछि बिभिन्न समयमा समस्या आएको उपसमितिको ठहर छ । उपसिमितिले प्रहरी ऐनमा समय सापेक्ष सुधार गरेर जानका लागि पनि सुझाव दिएको छ ।

सरकारले आवश्यक ठानेमा प्रहरी प्रहरी महानिरीक्षकको सरुवा बढुवा गर्न सक्ने त्रुटिपूर्ण प्रावधान भएको उपसमितिको ठहर छ ।

उच्च प्रहरी अधिकृतको सरुवा बढुवामा यस्तो प्रावधान भएपछि संगठन भित्र अस्थिरता हुने उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

यसैवीच, समितिले सुरक्षा निकायको हातहतियार सम्बन्धी उपसमिति, महिला तथा घरेलु हिंसा सम्बन्ध उपसमिति र राजधानीको ट्राफिक व्यवस्था सुधार सम्बन्धी सझाव दिन बनेको उपसमितिहरुको म्याद थप गरेको छ ।

तीन वटा उपसमितिहरुले आफ्नो काम समयमा पुरा गर्न नसकेपछि जेठ–७ गते सम्मको म्याद थप गरिएको सभासद जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया