६० बर्षे बृद्धमा बैश चढेपछि….प्रहरी फन्दामा

मोरङ, ७ वैशाख । मोरङ जिल्लाको गोबिन्दपुर गाविसमा ६० बर्षीय बृद्धले १२ बर्षकी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

गोबिन्दपुर–९ बस्ने पौडेल थरकी १२ वर्षीया बालिकालाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा स्थानीय ६० वर्षीय सिबु मरुडीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिकालाई फलाईफुकाई जर्वजस्ती करणी गरेपछि बालिका चिच्याएकी थिईन ।

बालिकाले अभिभावकलाई बृद्ध मरुडीले बलात्कार गरेको बताएपछि उनलाई स्थानीयको सहयोगमा प्रहरीको जिम्मा लगाईएको थियो ।

बलात्कारको घटना वैशाख ६ गते बेलुका साढे पाँच बजे भएको प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।

प्रतिक्रिया