ज्ञापन–पत्र बुझ्न अध्यक्षलाई भ्याईनभ्या

काठमाडौं,७ वैशाख । तोकिएको समयमा संविधान जारी गर्नुपर्ने भन्दै बिभिन्न संघ संगठन र समूहहरुले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापन पत्र बुझाएका छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा आज अध्यक्ष नेम्वाङसंग भेटगरि संयुक्त दलित संघर्ष समिति, मधेसी दबाव समूह र नेपाल निजामती कर्मचारी संगठनले अलग अलग ज्ञापन पत्र बुझएको हुन् ।

उनीहरुले तोकिएकै समय जेठ–१४ गते भित्र आफ्ना अधिकार सहितको संघीय संविधान जारि गर्न माग गरेको संसद सचिवालयले जनाएको छ ।

ज्ञापन पत्र बुझेपछि अध्यक्ष नेम्वाङले प्रमुख दलहरु बीच भएको सहमति र छलफलका आधारमा संविधान तोकिएकै समयमा आउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

उनले सबै जनताको अधिकार सहितको संविधान जारी गर्ने पक्षमा संविधानसभा रहेको बताएका थिए ।

उनीहरुले समावेशी बिधेयक पारित गराउनुपर्ने, दलितका अधिकार समेट्नु पर्ने, मधेसका सवाललाई ध्यान दिनुपर्ने लगायतका माग पुरा गराउन समेत माग गरेका छन् ।

माग पुरागराउन संगठित भएका उनीहरुले सरोकारवालाहरुलाई ज्ञापन पत्र बुझाउनुका साथै सहयोगका लागि आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया