कलाकारको सांस्कृतिक प्रस्तुति

गोरखा : गोरखा सांस्कृतिक कलाकेन्द्रद्वारा हालै आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारले प्रहसन एवं नृत्यमार्फत दर्शकलाई मनोरञ्जन गराए । हास्य कलाकार महादेव त्रिपाठीको प्रस्तुतिबाट सुरु भएको कार्यक्रम मोडल सम्झना बुढाथोकीको आकर्षक नृत्यसँगै सम्पन्न भएको थियो ।
कार्यक्रममा कलाकार सागर अन्सारीले आफ्नो छातीमा पाँचवटा इँटा फुटाएर देखाए । विजय थापाले पनि आफ्नो कला प्रस्तुत गरेका थिए । नयाँ वर्ष २०६९ को शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विजय थापालगायत अन्य कलाकारको पनि प्रस्तुति थियो ।

प्रतिक्रिया